Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

पिपिए भएका २६ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणमा जान बाँकी


काठमाडौं । निजी क्षेत्रले अनुमतिपत्र लिएका २६ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणको तयारी अवस्थामा छन् । नेपाल विद्युत प्राधिकरणसँग विभिन्न समयमा विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेका २६ सय २४ मेगावाटका जलविद्युत तथा सौर्य विद्युत आयोजना लगानी जुटाएर निर्माणमा जाने तयार अवस्थामा पुगेका हुन् ।

अहिले निजी क्षेत्रका १०८ आयोजना पिपिए सम्पन्न भई लगानी जुटाएर निर्माणमा जाने तयारी अवस्थामा रहेको प्राधिकरणको विद्युत व्यापार विभागले जनाएको छ । केही आयोजना वित्तीय स्रोत व्यवस्थापन गरी पहुँच सडक निर्माण गरेर संरचनाको काम सुरु गर्ने तयारी गरिरहेका छन् ।

विभागका अनुसार यी मध्ये ५९ वटा आयोजनाको पिपिए २०६७ देखि २०७५ सालको अवधिमा भएको छ । तर, यो अवधिमा पिपिए सम्पन्न भएका अधिकांश आयोजनाका लागि वित्तीय स्रोत व्यवस्थापन भइसकेको छैन ।

प्राधिकरणसँग पिपिए सम्पन्न भएका मध्ये केही आयोजनाको विद्युत उत्पादनका लागि तोकिएको तालिकाको मिति पनि गुज्रिसकेको छ । कोभिड–१९ महामारीको प्रभाव तथा देशमा देखिएको आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाले जलविद्युत आयोजनामा कर्जा प्रवाहमा कडाई गरेका कारण पिपिए भइसकेका आयोजनामा पनि लामो समयसम्म वित्तीय स्रोत व्यवस्थापन गर्न कठिनाई भएको प्रवर्द्धकहरूले बताउँदै आएका छन् ।

कोभिड–१९ महामारी तथा आर्थिक संकटको असरकै कारण पिपिए भइसकेका आयोजनामा ऋण लगानी जुटाउन समस्या भएकाले जलविद्युतमा बाणिज्य बैंकहरूको लगानी दायरा बढाउनु पर्ने माग उनीहरूले गर्दै आएका छन् ।

पछिल्लो समयमा भने बैंकहरूले केही जलविद्युत आयोजनामा कर्जा प्रवाहका लागि प्रवर्द्धक कम्पनीसँग वित्तीय व्यवस्थापन सम्झौता गरेका छन् ।

विभागको तथ्यांक अनुसार १०८ मध्ये २०७६ सालमा पिपिए भएका ४ वटा आयोजना छन् । २०७७ सालमा २ वटा तथा २०७८ मा ८ वटा आयोजनाको पिपिए भएका आयोजना निर्माणमा जान बाँकी छन् ।

यस्तै, २०७९ सालमा १९ र २०८० साल सुरु भएयता गत असार मसान्तसम्म १५ विद्युत आयोजनाको पिपिएमा हस्ताक्षर भएका छन् ।

२०७५ साल यता अर्धजलाशय जलविद्युत आयोजनाको मात्रै पिपिए हुँदै आएकोमा सरकारले १५ सय मेगावाटका नदी प्रवाही जलविद्युत आयोजनाको पिपिए खुलाएपछि अहिले नियमित पिपिए भइरहेको प्राधिकरणले जनाएको छ ।


Read Previous

स्थानीयको माग सम्बोधन गरी बूढीगण्डकीको शिलान्याश छिट्टै : प्रधानमन्त्री

Read Next

पहिरोका कारण देशभरका ९ राजमार्ग अवरोध

Leave a Reply

Your email address will not be published.