Nepal Purbadhar

आयल निगमका कार्यकारी निर्देशक थानीलाई ‘वेष्ट म्यानेजमेन्ट’ अवार्ड


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीलाई ‘वेष्ट म्यानेजमेन्ट’ अवार्डबाट सम्मान गरिएको छ । नेपाल इन्जिनियर्स एशोशिएशन स्थापनाको ६१ वर्ष पूरा भएको अवसरमा बुधबार आयोजित इन्जिनियर दिवस कार्यक्रममा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा पुर्याएको योगदानको कदर गर्दै ‘इन्जिनियरिङ एप्रिशिएशन अवार्ड’ अन्तर्गत उत्कृष्ट व्यवस्थापन विधामा उनलाई सम्मान गरिएको हो ।

निगमको कार्यकारी निर्देशकमा नियुक्त भएको १५ महिनामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा उल्लेखनिय योगदान पुर्याएको हुँदा उनलाई अवार्ड दिइएको सम्मानपत्रमा भनिएको छ । रसिया–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा संकट देखिएको अवस्थामा पनि अनेक चुनौतीको सामाना गर्दै आफ्नो उच्चतम क्षमता प्रर्दशन गरी उनले देशभरमा पेट्रोलियम आपूर्ति व्यवस्थापन गरेका थिए ।

उनले पेट्रोलियम खरिद गरे बापत भारतीय आयल कर्पोरेशन (आइओसी) लाई तिर्न बाँकी ३१ अर्ब रुपैयाँ बराबरको बक्यौता चुक्ता गरी निगमलाई नाफा उन्मुख गराउन सफल भएका थिए । थानीले हालै मात्र विभिन्न कारणले कार्यान्वयन हुन नसकेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागु गराएका छन् ।

Facebook Comments

Read Previous

बूढीगण्डकीको निर्माण मेरै कार्यकालमा सुरु हुन्छ: प्रधानमन्त्री दाहाल,फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को

Read Next

ग्वार्काे ‘फ्लाई ओभरको डिजाइन’ पुनरावलोकन गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar