Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

बूढीगण्डकीको निर्माण मेरै कार्यकालमा सुरु हुन्छ: प्रधानमन्त्री दाहाल,फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को


गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको संरचना निर्माणको काम आफ्नै कार्यकालमा अघि बढ्ने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बुधबार आयोजनाको प्रवद्र्धन गर्न स्थापना गरिएको बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बूढीगण्डकी आयोजना बनाउने पूर्व तयारीकासाथ फिल्ड कार्यालय उद्घाटन गरिएको र अब निर्माण कार्य अगाडि बढ्ने बताए । ‘अब पहिलेको जस्तो शिलान्यास गरेर काम नगर्ने जस्तो हुँदैन,’ उनले भने,‘जसरी पनि आयोजना बनाएरै छाड्ने प्रतिबद्धता जाहेर गर्छु ।’
कार्यक्रममा सहभागी भएका धेरैले पहिले धेरै पटक शिलान्यास गरिए पनि आयोजना अगाडि बढ्न नसकेको र फेरि यस्तै अवस्था आउने हो कि भन्ने आशंका गरेपछि दाहालले अब यस्तो अवस्था नआउने आश्वासन दिए ।

बूढीगण्डकीलाई बहुउद्देश्य जलाशय आयोजना बनाउनका लागि प्राधिकरण बनाएर जाँदा संरचना निर्माणको काम सुरु गर्न अझै ३÷४ वर्ष लाग्न सक्ने हुँदा अहिलेलाई कम्पनी मार्फत काम अगाडि बढाउने र सँगसँगै प्राधिकरण गठनको काम पनि गर्दै जाने उनको भनाई थियो ।
उनले तत्कालका लागि आयोजना कम्पनीमार्फत अगाडि बढाउनका लागि नै फिल्ड कार्यालय स्थापना गरिएको बताए ।

पूर्व प्रधानमन्त्री एवं गोरखाका नेता बाबुराम भट्टराईले बूढीगण्डकीलाई जलविद्युत उत्पादनमा मात्रै सिमित नराखी बहुउद्देश्य आयोजनाको रूपमा निर्माण गर्न सुझाव दिए । उनले यो आयोजना निर्माणका लागि प्राधिकरण गठन गर्नुपर्ने र कम्पनीलाई प्राधिकरणको एउटा इकाई बनाइनु पर्नेमा जोड दिए ।

बूढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरण अन्तर्गत निर्माण गर्ने भनिँदै आए पनि बुधबारको कार्यक्रममा प्राधिकरण पदाधिकारीको औपचारिक उपस्थिती देखिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आयोजक रहेको कार्यक्रममा प्राधिकरणका पदाधिकारी सहभागी भएका थिएनन् । कार्यक्रममा मन्त्रालयकै भूमिका बढी देखिन्थ्यो ।

कार्यक्रममा सहभागी अधिकांशले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुर्नबास र अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गरिनु पर्नेमा जोड दिए । उनीहरूले आयोजना निर्माणको मोडालिटी अझै अस्पष्ट रहेकाले यसबारे टुंगो लगाएर निर्माणको काम अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई पनि मन्तव्य राख्ने अवसर दिइएन ।

फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को

बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को गोरखा पुग्यो । हालै गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा स्थापना भएको कार्यालय उद्घाटन गर्न संघ सरकार र प्रदेश सरकारका ‘भिआइपी’हरू हेलिकप्टबाट त्यहाँ पुगेको हुन् ।

प्रधानमन्त्री दाहाल, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री भट्टराई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेत, बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमरकट्टेल, मन्त्रीहरू,सांसदहरूको कार्यक्रममा सहभागिता देखियो ।


Read Previous

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

Read Next

आयल निगमका कार्यकारी निर्देशक थानीलाई ‘वेष्ट म्यानेजमेन्ट’ अवार्ड

Leave a Reply

Your email address will not be published.