Nepal Purbadhar

पोखरा र चितवन भिड्दै, मल्ल र मोस्ली ११ मा पर्दा खनाल र टम बेन्चमा, ब्याटिङ गर्दै एभेन्जर्स


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

पोखराले बलिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गर्ने भएको छ। खेलअघि पोखराले कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ।

पोखराले टोलीमा ३ ओटा परिवर्तन गरेको छ। शकिब अल हसनको स्थानमा युवराज सम्रा, सुदीप अर्याल र सागर ढकाल पहिलो रोजाइमा परेका छन्। आकाश चन्द र विपिन आचार्य भने बेन्चमा छन्।

यस्तै, चितवनले पनि टोलीमा २ ओटा परिवर्तन गरेको छ। कुशल मल्ल र डान मोस्ली पहिलो रोजाइमा खेल्दा देव खनाल र टम टेलर बेन्चमा छन्।


Read Previous

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

Read Next

लगानी र पूर्वाधारका कानुनी जटिलता हटाउन ५९ ओटा ऐन संशोधनको तयारी, निजी क्षेत्रसँग छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar