Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पोखरा महानगर वडा कार्यालय निर्माण गरिने


पाेखरा ।  पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको वडा नं १७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ ।उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित पाँच रोपनी जग्गामा महानगरको रु पाँच करोड ३२ लाख ५४ हजारको लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको थियो ।

महानगरप्रमुख धनराज आचार्यले निर्माणाधिन भवन आज शिलान्यास गर्दै पोखराको समग्र विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले आगामी चार वर्षको अवधिमा महानगरको प्रमुख प्रशासकीय भवनका साथै सबै वडाका कार्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरी जनतालाई सर्वसुलभ एवम् छिटोछरितो सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘तोकिएको समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्न पनि महानगर पछि पर्दैन’, महानगर प्रमुख आचार्यले भने, ‘पोखराको विकासमा सबैले सत्यतथ्य र सकारात्मक सोचका साथ सहयोग गरिदिन हुन आग्रह गर्दछु ।’

उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका उनले सोही स्थानको करिब ४२ रोपनी जग्गामा रु एक अर्व ५२ करोडको लागतमा महानगरको प्रमुख प्रशासकीय भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

उपप्रमुख मञ्जुदेवी गुरुङले भवन निर्माणसँगै वडावासीलाई सेवा प्रवाहमा थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । विकास निर्माणका सम्बन्धमा सबैको चासो रहनुपर्नेमा उनकाे जोड थियो । वडाअध्यक्ष राधिका शाही योगी वडा नं २ का वडाअध्यक्ष दिवसमान प्रधानाङ्ग, वडासदस्य तारा सेवालगायतले सेवा प्रवाहमा भौतिक संरचनाले सहयोग पु¥याउनेबारे चर्चा गरे ।


Read Previous

पर्यटक सवारीका सहकार्यमा चालक सहचालकलाई तालिम

Read Next

व्यवसायी पलायन रोक्न अर्थ मन्त्रालय र राष्ट्र बैंकले खेल्नु पर्ने भूमिका

Leave a Reply

Your email address will not be published.