Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

पर्यटक सवारीका सहकार्यमा चालक सहचालकलाई तालिम


काठमाडाैं । पर्यटक सवारीका चालक तथा सहचालकको लागि तीने क्षमता अभिवृद्धि प्रशिक्षण काठमाडौंमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्यटन यातायात व्यवसायी संघको (एनटीभिए) संगको सहकार्यमा तालिम दिइएकाे हाे ।

तालिममा २५० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित यातायात सुरक्षा, जोखिम, ट्राफिक ज्ञान, पर्यटन व्यवहार लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । पर्यटनमा यातायात क्षेत्र पर्यटकसंग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको, चालक तथा सहचालकको व्यवहार हेरेर पनि पर्यटकले देश प्रतिको दृष्टिकोण बनाउने हुनाले उनीहरुलाई प्रशिक्षित गर्न आवश्यक रहेको महशुस गरी यो कार्यक्रम आयोजना गरिएको र तालीम फलदायी भएको नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

तालिममा हरेक दिन फरक फरक समूहलाई प्रशिक्षण दिइएको परियोजनाको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए । एनटीभिएले पनि समय समयमा चालक सहचालकहरुका लागि अभिमुसखकरण तालिम आयोजना गर्ने गरेको भएपनि अहिले एकै पटक यति ठूलो संख्यामा सहभागिलाई तालमि प्रदान गरिएको र तालिम प्रभावकाररी भएको नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए) का अध्यक्ष सन्तोष न्यौपानेले बताए ।

एनटीभिएका संस्थापक अध्यक्ष रामहरी शर्माले संस्थाले समय समयमा यस्ता तालिम आयोजना गरेपनि कोभिडपछि जनशक्ति पलायन भएको अवस्थामा आयोजित तालीमले नयाँ चालक सहचालकलाई पर्यटकीय व्यवहार र अन्य टापिकक ज्ञान बढने बताए । यस्तै तालिमका सहभागी पर्यटक बसका चालक तथा सहचालकहरुले समेत तालीम व्यवहारिक भएको र यसले आफुहरुमा काम प्रतिको जिम्मेवारी बोध बढाएको बताए । उनीहरुले तालीमबाट आफुहरुमा पर्यटन, पर्यटक,पर्यटकीय गतिविधीका साथै ट्राफिक ज्ञान अभिवृद्दि भएको उल्लेख गरे ।


Read Previous

पहिराले लघुजलविद्युत् परियोजनामा क्षति

Read Next

पोखरा महानगर वडा कार्यालय निर्माण गरिने

Leave a Reply

Your email address will not be published.