Nepal Purbadhar

मेलम्चीको पानी काठमाडौँ पठाइयो


सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको थियो ।

सोमबार साँझदेखि पानी काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।


Read Previous

भारत भ्रमणमा नेपालको प्राथमिकता– हवाई रुट र बिजुली व्यापार

Read Next

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने