Nepal Purbadhar

सहरी विकास मन्त्रालयको बजेट पछिल्ला ४ वर्षको तुलनामा सबैभन्दा बढी


काठमाडौं । सहरी विकास मन्त्रालयको बजेटमा बढोत्तरी भएको छ । यो मन्त्रालयको पछिल्ला ५ वर्षको बजेट बिनियोजनलाई तुलना गर्दा आगामी वर्षको लागि सबैभन्दा धेरै छुट्याएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै ५५ अर्ब १ करोड बजेट चालु आबमा विनियोजन भएको थियो । आगामी आर्थिक वर्षको लागि त्योभन्दा ११ अर्ब १६ करोड रुपैयाले थप बजेट विनियोजन गरिएको तथ्यांकले देखाउँछ ।

संघीय सरकारको कुल बजेटमा सहरी विकास मन्त्रालयको बजेट ३.७७ प्रतिशत रहेको छ । जबकि चालु आर्थिक वर्षमा ३.०७ प्रतिशत मात्र बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षभन्दा अघि सहरी विकास मन्त्रालयलाई छुट्याएको बजेट कुल बजेटका ३ प्रतिशतभन्दा न्यून थियो ।

आर्थिक वर्षकुल बजेटमन्त्रालयको बजेटकुल बजेटमा मन्त्रालयको अंश
२०८०/८११७ खर्ब ५१ अर्ब ३१ करोड६६ अर्ब १७ करोड३.७७
२०७९/८०१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख५५ अर्ब १ करोड १९ लाख३.०७
२०७८/७९१६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख४१ अर्ब २० करोड २५ लाख२.५०
२०७७/७८१४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख३७ अर्ब ८० करोड ८० लाख२.५६
२०७६/७७१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख४० अर्ब ७२ करोड ५३ लाख२.६५

स्राेतः बजेट पुस्तिकाहरू


Read Previous

यी हुन खारेज हुने र गाभिने सरकारी निकायहरु

Read Next

ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्पन्न हुने आयोजना मात्रै प्राथमिकतामा, घट्यो २१ अर्ब बजेट