Nepal Purbadhar

सिमसार जोगाउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र


पाेखरा । फेवातालको आसपासको सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले माग गरेको छ ।

संस्थाका संस्थापक संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचनले यस सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष फेवातालको माथिल्लो तटीय क्षेत्रमा सिमसार क्षेत्र पुर्ने गतिविधि रोक्न ज्ञापनपत्र बुझाएकाे हाे ।

तलमाथिको क्षेत्र पोखरा वडा १८, २२, २३ र २४ (सेदी, चङ्खपुर, पामे) का प्राकृतिक सम्पदाका रुपमा रहीआएका हरियाली डाँडा खारेर सिमसार क्षेत्र पुर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसमा सङ्लग्नलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाइएको संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

ज्ञापनपत्रमा विसं २०३१ सालसम्म तालको पानीको भू–भाग पामे नजिकैको चङ्खपुरसम्म फैलिएको स्मरण गराइएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साल वरिपरिको डाँडा खार्न रोकी सिमसार क्षेत्रको संरक्षणको विषयलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।


Read Previous

सिंचाइ र बस्ती संरक्षणकाे लागि ६ योजना थप

Read Next

‘बूढीगण्डकी आयोजनाको शिलान्यास छिट्टै हुनेछ’