Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

छुजुङ खोला अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने


काठमाडौं । संखुवासभामा पहिचान भएको ६३ मेगावाटको छुजुङ खोला अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्ने आयोजनाको विस्तृत अध्ययन नेपालकै हाइड्रो कन्सल्टले गर्न लागेको हो ।

आयोजनाको विस्तृत अध्ययन गर्न बिहीबार प्रवर्द्धक कम्पनी र हाइड्रो कन्सल्टबीच सम्झौता भएको छ । सम्झौता अनुसार हाइड्रो कन्सल्टले आयोजनाको विस्तृत अध्ययन गर्नुका साथै ठेक्का आह्वानका लागि आवश्यक कागजात पनि तयार गर्नेछ ।

आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन समेत तयार गर्ने जिम्मेवारी हाइड्रो कन्सल्टलाई प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए । उनका अनुसार सम्झौता अनुसारको काम सम्पन्न गर्न बढीमा डेढ वर्ष लाग्ने छ ।

हाइड्रो कन्सल्ट बुटवल पावर कम्पनी अन्तर्गतको नेपालकै जलविद्युत सम्बन्धित अध्ययन गर्ने इन्जिनियरिङ कम्पनी हो । यो कम्पनीले विदेशमा समेत गएर जलविद्युत आयोजनाको अध्ययन गरेको छ ।

५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना निर्माण गरेको समूहले नै छुजुङ खोला निर्माण गर्न लागेको हो । आयोजनामा स्वपुँजी लगानी जुटाउन घलेम्दीको प्रवर्द्धक घलेम्दी हाइड्रोपावर कम्पनीले १ः२ अनुपातको हकप्रद सेयर निष्कासन गर्दैछ ।

प्रारम्भिक अध्ययनले यो आयोजना अर्धजलाशय हुने देखाएको छ । अध्ययन अनुसार आयोजनाले सुख्खा याममा दैनिक ४ घन्टा सम्म जडित क्षमता अनुसार नै विद्युत उत्पादन गर्नेछ । यो आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता सम्पन्न भइसकेको छ ।


Read Previous

बागमती करिडोरका सडककाे मर्मत हुँदै

Read Next

तमानखोलाकाे विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै   

Leave a Reply

Your email address will not be published.