Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण   

निजी लगानीमा बनेकाे मौलाकाली केबलकार सञ्चालनमा


काठमाडाैं । निजी क्षेत्रले लगानी गरी निर्माण गरेकाे मौलाकाली केबलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नवलपुरकाे गैंडाकाेट-१ मा निर्माण भएकाे केबलबारकाे साेमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि औपचारिक रूपमा सञ्चालनमा आएको हाे ।

प्रधानमन्त्री दाहालले मौलाकाली केबलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केबलकार सञ्चालनले देशकाे शिथिल अर्थतन्त्र उकास्न याेगदान पुग्ने बताए ।

उनले मौलाकाली केबलकार जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व धेरै रहने बताउँदै  सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । उनले आर्थिक वृद्धि तथा देशभित्रै रोजगारीकाे अवसर सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको पनि बताए ।

तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उनले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रूपमा विकास गर्ने दाहालले बताए । कार्यक्रममा उपस्थित  गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । 

उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनु भएका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौं भन्ने उदाहरण मौलाकाली केबल कार समेतले प्रस्तुत गरेको बताए ।

मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जाने अध्यक्ष ढकालले जिकिर गरे। मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तीव्र पारेको बताउँदै ढकालले बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ता भित्रै सञ्चालनमा आउने जानकारी दिए ।

मौलाकाली केबलकार सहितको पर्यटकीय पूर्वाधार रहेको स्थलको महत्त्वबारे उल्लेख गर्दै अध्यक्ष ढकालले चितवन, तनहूँ र नवलपुरको संगम क्षेत्र नेपालकै धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी रहेको बताए । मौलाकालिका मन्दिरको साढे ४ सय वर्ष पुरानो इतिहास छ । यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो ।

नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । पर्यटनको विकासमार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्दै देशको समृद्धि हासिल गर्ने कामलाइ निरन्तरता दिने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे ।

स्थानिय सांस्कृतिक महत्वका संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति रहेको भन्दै अध्यक्ष ढकालले नवलपुरको गहनाका रुपमा निर्मित मौलाकाली केवलकार सहितको पर्यटकीय संरचनालाई स्थानीय जनताको आफ्नै सम्पत्तिका रूपमा विकास गर्ने मोडल अघि सारि स्थानीय समुदायको अधिकतम सहभागीता गराएको पनि बताए ।

अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम छ र प्रतिदिन झन् घट्दो छ । यसलाइ बढाउनु पर्ने चुनौती छ । पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्ने छ । यहाँको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको ज्ञानका लागि नेपालमा पर्यटक आउने गर्छन् ।

“हामीलाई प्रकृतिले अपार सम्पदा बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना असंख्य छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ । मलाई लाग्छ, यो मुलुकको निजी क्षेत्र निश्चय पनि विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका पनि छौं,” ढकालले भने । 


Read Previous

८ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक   

Read Next

भियतनामसँग सहकार्य बढाउँदै लगानी र पर्यटन प्रवर्द्धन गरिने

Leave a Reply

Your email address will not be published.