Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण आगामी शुक्रबार हुने


काठमाडौं । मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण आगामी बैशाख १५ र १६ गते शुक्रबार र शनिवार आयोजना हुने भएको छ । विगत ३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्‍याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ ।

मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्‍याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ । र्‍यालीलाई भब्य बनाउन विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने छन् । उक्त र्‍यालीको ‘इन एशोसिएशन विथ’ लक्ष्मी हुन्डाई र बीवाइडी रहेका छन् ।

र्‍यालीको तयारी पुरा भएको जानकारी दिदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर र्‍यालीको तयारी गरेका छौं ।’

काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टार स्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । र्‍याली शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ । यसको समापन भने शनिवार गरिने छ ।

र्‍यालीमा प्रयोजकको रुपमा एमजी, सिप्रदी, भीडब्लू, ग्लोवल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स जस्ता ब्राण्ड छन् । र्‍यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक छ भने, बेभरेज पाटनर हिमालयन ब्रुअरी, ल्यूब पाटनर नेपाल ल्यूव आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका छन् ।


Read Previous

पूर्वाधार विकासमा लगानी कटौती नगर्न स्काएफको सरकारसँग जोडदार माग

Read Next

ट्र्याकबेल इन्जिनियरिङले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन गर्ने

Leave a Reply

Your email address will not be published.