Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

 ‘युनिभर्सल एसप्टेन्स डे’ मा स्थानीय भाषामा डोमेन प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाको जोड


काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासघ) र युथ आईजीएफ नेपालको संयुक्त आयोजनामा इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) सँगको समन्वयमा मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै मनाइएको हो । उक्त कार्यक्रममा इन्टरनेट एक्सचेन्ज नेपालको सहयोग रहेको थियो भने इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड रहेको थियो ।

धेरै भाषा तथा लिपीमा डोमेन सपोर्ट गराउने उद्देश्यले विश्वभर नै इन्टरनेटको सार्वभौमिक स्वीकृति अर्थात् युनिभर्सल एसप्टेन्स डे मनाउने गरिन्छ । सेलिब्रेटिङ युनिभर्सल एसप्टेन्स डेः प्रोमोटिङ युनिभर्सल एसप्टेन्स डे एन्ड इन्टरनेसनलाइज्ड डोमेन नेम इन नेपाल शीर्षकमा गरिएको कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारीहरू, इन्टरनेट सेवाप्रदायक, कानून व्यवसायी, नागरिक समाज, इन्टरनेट गभर्नेन्स, क्यान महासंघका संस्थागत, वस्तुगत, व्यक्तिगत तथा प्रदेश–जिल्लाका सदस्यज्यूहरुको पनि उपस्थिति तथा आईसीटी क्षेत्रमा अन्य क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरूले सबै वैध डोमेन नेम तथा ईमेल एड्रेस सबै खालका इन्टरनेट एप्लिकेसन, डिभाइस तथा सिस्टमले उपयोग गर्नसक्ने कुराको सुनिश्चितता गराउन यो दिवसले महत्त्वपूर्ण भूमिका खेलेको भनाइ राखेका थिए ।

इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) ले देवनागरीसहित विभिन्न विदेशी भाषामा ईमेल गर्न तथा वेबसाइट अपलोड गर्न दिने स्वीकृति प्रदान गरेकाले यस्तो दिवस महत्त्वपूर्ण रहेको क्यान महासंघका अध्यक्ष रञ्जीत पोदारले बताए ।

कार्यक्रममा सबडोमेनको महत्त्व के छ, यसबाट वेबसाइट होस्ट गर्दा के-के फाइदा हुन्छन्, यसले स्थानीय भाषा र संस्कृतिको प्रवर्द्धन कसरी गर्न सक्छ, विदेशमा कस्तो अभ्यास भइरहेको छ र नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा सरोकारवालाले आफ्नो राय दिएका थिए ।

सो अवसरमा विद्युतीय सुशासन आयोगमन प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले नेपालमा सम्बन्धित निकायहरूबीच उचित सहकार्य हुन नसकिरहेको चर्चा गर्दै यससम्बन्धी उपयुक्त नीतिगत व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे । उनले देवनागरीसहित ग्रामीण क्षेत्रका समुदायको स्थानीय भाषालाई सपोर्ट गर्नेगरी डोमेन प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ‘डोमेन नेम र ईमेल एड्रेसको युनिभर्सल एसप्टेन्स’ विषयमा युथ आईजीएफ नेपालका सदस्य विवेक सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै दुई फरक विषयमा प्यानल छलफल समेत गराइएको थियो । पहिलो छलफलमा सहभागी क्यान महासघका सदस्य तथा सह-संस्थापक फोस नेपाल कम्युनिटीका हेमपाल श्रेष्ठ, सहप्राध्यापक काठमाडौं विश्वविद्यालयका डा. बालकृष्ण बल, उपाध्यक्ष सुबिसु केबलनेट लिका रामकृष्ण परियार, सीईओ इन्टरनेट एक्सचेन्ज नेपालका रुपेश श्रेष्ठ, अध्यक्ष एपिरालो पोलेसी फोरमका श्रीदिप रायमाझी लगायत विभिन्न क्षेत्रका विज्ञ वक्ताहरू सहभागी भएका थिए । सो अवसरमा वक्ताहरूले नेपालमा युनिभर्सल एसप्टेन्सको सचेतना फैलाउन, सबडोमेनहरूको व्यवस्थापन तथा नियमन गर्न स्पष्ट योजना आवश्यक रहेको धारणा राखे ।

त्यस्तै अर्को प्यानल छलफलमा सहभागी वक्ताहरू अधिवक्ता बाबुराम अर्याल, नेपाल सरकारका उपसचिव सुवास ढकाल, डट एनपी सीसीटीएलडीका पूर्व व्यवस्थापक सुरज अधिकारी, नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठ र अनुसन्धानकर्मी कृति भुजुले डन एनपी डोमेनलाई ग्लोबल स्ट्यान्डर्डको बनाई भाषिक अवरोधहरू हटाउन पहल गर्नुपर्नेमा जोड दिए।

त्यस्तै अर्को प्यानल छलफलमा सहभागी वक्ताहरू युथ आईजीएफ नेपालका भाइस चेयर आनन्द गौतम, आईक्यान नेक्स्टजेनकी फ्यो थिरी ल्विन, आईक्यान फेलो नम्र नासिर अवान, एप्रिजीएफका भाइस चेयर आशिर्वाद त्रिपाठी र क्यान महासंघका प्रबन्धक उदिप बरालले युनिभर्सल एसप्टेन्स प्रवर्द्धन गर्न युवाको भूमिका तथा आईक्यान र इन्टरनेट गभर्नेन्सको क्षेत्रमा रहेका अवसरबारे आफ्ना धारणा राखेका थिए ।

त्यस्तै नेपाल जस्तो विभिन्न भाषिक समुदाय भएको देशमा इन्टर डोमेन प्रणालीलाई स्वीकार गर्नु उदाहरणीय भएको भन्दै सरोकारवाला र जनमानसमा वृहत् छलफल र सचेतना अभिवृद्धि गर्न यस्तो दिवस मनाइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । युनिभर्सल एसप्टेन्स (यूए) डे सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने संस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित कार्यक्रम समापन क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले गरे ।


Read Previous

कर्मचारी कुटपिट गर्ने उपर कारबाही नभएपछि भाेलिदेखि कालोपट्टी बाँधेर धर्ना

Read Next

पर्यटकको रोजाइ बन्दै पटिहानी, फागुनसम्म १ लाख ९१ हजारले गरे अवलाेकन

Leave a Reply

Your email address will not be published.