Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

कर्मचारी कुटपिट गर्ने उपर कारबाही नभएपछि भाेलिदेखि कालोपट्टी बाँधेर धर्ना


काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनहरूले गत फागुन ५ गते मौलापुर वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भौतिक आक्रमण गर्ने विरुद्ध अहिलेसम्म कारबाही नभएपछि बिहिबारदेखि कार्यकारी निर्देशकको कार्यकक्षमा कालोपट्टी बाँधेर दैनिक धर्ना दिने भएका छन् । ट्रेड युनियनहरूले बुधबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई संयुक्त ध्यानाकर्ष पत्र बुझाउँदै स्थानीयबाट कर्मचारीमाथि भएको आक्रमणका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन ढिलाइ भएपछि भोलिदेखि चैत २० गतेसम्म दैनिक १ घन्टा (बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म) धर्ना दिने घाेषणा गरेका हुन् ।

दोषी उपकर कारबाही प्रक्रिया अगाडि नबढेकाले बिहीबारदेखि मधेश प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका कार्यलयमा भइरहेको आन्दोलनका कार्यक्रमलाई निरन्तरण दिने पनि ध्यानाकर्षण पत्रमा भनिएको छ । यो अवधिभित्र पनि दोषी उपर कारबाही नभए चैत २१ गतेदेखि मौलापुर वितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध गर्ने चेतावनी पनि ४ वटै ट्रेड युनियनहरूले दिएका छन् ।

‘गत फागुन ५ गते वितरण केन्द्रमा कार्यरत कर्मचारीहरूलाई स्थानीय त्रिभुवन साह, धिरज पाण्डेलगायतका व्यक्तिबाट गाली गलौज, हातपात र सांघातिक आक्रमण गर्ने अमानविय व्यवहार भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ,‘तर, उनीहरूलाई अहिलेसम्म कानूनी कारबाही अगाडि नबढेकाले प्राविधिकरण व्यवस्थापनको ध्यानाकर्षण गराउँदछौं ।’

फागुन ५ गते भएको सांघातिक आक्रमणपछि भोलिपल्ट ६ गते इलाका प्रहरी कार्यालय मौलापुरमा किटानी जाहेरी दिँदा दर्ता नगरिएको ट्रेड युनियनहरूको गुनासो छ । फागुन १० गते दोषी उपर कारबाही, घटनामा घाइते भएका कर्मचारीको तत्काल उपचार तथा क्षतिपूर्तिको व्यवस्था गरी कार्यलय शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ट्रेड युनियनहरूले माग सहितको विज्ञप्ती जारी गरेपनि अहिलेसम्म पिडितले न्यान नपाएको आरोप छ ।

फागुन २१ गते दोषी उपर कारबाही गर्न माग गर्दै ७ दिने अल्टिमेटम दिएर विज्ञप्ती जारी गर्दा समेत सुनुवाई नहुँदा पिडित कर्मचारीले न्याप पाउन नसकेको भनी कार्यकारी निर्देशकको ध्यानाकर्षण गराइएको छ ।

Maulapur Dhyanakarshan 2079.12.15

Read Previous

जलाशय जलविद्युत परियोजना निर्माणमा गम्भीर छैन सरकार

Read Next

 ‘युनिभर्सल एसप्टेन्स डे’ मा स्थानीय भाषामा डोमेन प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाको जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *