Nepal Purbadhar

‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य सम्पूर्ण साधन-स्रोतसहित साथमा छ’: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह।


काठमाडौं । प्रधानमन्त्रीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्।

प्रधानमन्त्रीले फेसबुकमार्फत बाढी प्रभावित नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, “तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ।”

उनले अहिले सरकारको पहिलो प्राथमिकता घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित राख्ने रहेको बताए।

प्रधानमन्त्रीले उद्धार कार्य रातभर जारी रहने बताउँदै प्रभावित परिवारसम्म खाना, सफा खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने जानकारी दिए।

“कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ,” प्रधानमन्त्रीले भनेका छन्।

उनले बाढीबाट भत्किएका सडक, पुल, बिजुली र खानेपानीका संरचना प्राथमिकताका साथ पुनर्निर्माण गर्ने तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले विपद्को यस घडीमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्नसमेत आह्वान गरेका छन्।


Read Previous

तिब्बतको बाढी तराईसम्म : सुस्तावासीलाई सुरक्षित स्थानमा सारियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar