Nepal Purbadhar

शनिबार, असार २९, २०८१
Saturday, July 13, 2024

शनिबार, असार २९, २०८१
Saturday, July 13, 2024

जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु


काठमाडौं । काठमाडौ विश्वविद्यालयले जमीनभित्र हवाई सुरुङ निर्माण गरी औषधी उद्योगहरूमा ऊर्जा खपत घटाउनका लागि नेपालमा पहिलोपटक अनुसन्धान सुरु भएको छ । नर्वेजियन सरकारको ‘इनराइज नेपाल कार्यक्रम’को सहयोगमा काठमाडौं विश्वविद्यालयको फार्मेसी डिपार्टमेन्टले औषधी उद्योगमा आवश्यक पर्ने २५ डिग्री सेन्टिग्रेड तापक्रमलाई प्राकृतिक विधिबाट न्युनीकरणका लागि पृथ्वी हवाई सुरुङ (अरथ एयर टनेल) सँग एकीकृत तताउने, वायु सञ्चार र वातानुकुलित (एचभीएसी) प्रणालीबारे अनुसन्धान सुरु गरेको हो ।

विश्वविद्यालयका प्रा.डा. विवेक बरालको सल्लाहकार र विश्वविद्यालयका फार्मेसी डिपार्टमेन्टका सह– प्राध्यापक डा. राजन श्रेष्ठको प्रमुख अनुसन्धान नेतृत्वमा सह- प्राध्यापक डा.अश्विनीकुमार श्रेष्ठ, उपप्राध्यापक अनुप लुईँटेल, लेक्चर ललितमोहन पन्त लगायतको टिमले अनुसन्धान सुरु गरेको विश्वविद्यालयले जनाएको छ । अनुसन्धान अन्र्तगत पहिलो चरणमा २० उद्योगको ऊर्जा खपतसहित विश्लेषण गरी एचभीएसी प्रणालीको सम्भावनाबारे अध्ययन गरिने लेक्चर पन्तले जानकारी दिए ।

उनका अनुसार, हालै सुरु भएको अनुसन्धान दुई बर्षभित्र पूरा हुनेछ भने नमूना रुपमा विश्वविद्यालयका फार्मेसी डिपार्टमेन्टमा प्रणाली स्थापना गरिनेछ । हाल २ मेगावाटको थर्मल र नेपाल विद्युत प्राधिकरणको ८ मेगावाट गरी १० मेगावाट बराबरको बिजुली औषधी उद्योगले उपयोग गर्दै आएका छन् । यसमध्ये करिब ६५ प्रतिशत बिजुली औषधी उत्पादनको क्रममा चिस्याउन र तताउनका लागि उपयोग हुने गरेको छ ।

औषधी उद्योगले एचभीएसी प्रणालीले को लागि २५ देखि २७ डिग्रि सेन्टिग्रेड ऊर्जा आवश्यक पर्छ तर नेपालको तराई क्षेत्रमा गर्मीको बेला ४५ डिग्रि सेन्टिग्रेड र जाडोको बेला ५ डिग्रि सेन्टिग्रेड तथा पहाडमा गर्मीको बेला ३५ डिग्रि सेन्टिग्रेड र जाडोमा ३ डिग्रिसेन्टिग्रेडसम्म तापक्रम हुने गरेको छ । एचभीएसी प्रणाली अन्र्तगत ४ मिटर जमिनमुनी हवाई सुरुङ निर्माण गर्दा यसले जाडो र गर्मी दुवैमा यसको तापक्रम २० डिग्रिसेन्टिग्रेडमा झारिदिन्छ ।

लेक्चर पन्त हाल औषधी उद्योगहरुले उत्पादनका लागि २५ देखि २७ डिग्रि सेन्टिग्रेड तापक्रमका लागि तताउने र चिस्याउने कामका लागि धेरै खर्च गरिरहेको बेला यो प्रणालीको उपयोगले ५ देखि ७ डिग्रि सेन्टिग्रेडको ऊर्जाका लागि खर्च गरे पुग्ने र यसले औषद्यी उद्योगहरुको ऊर्जामा हुने खर्चमा धेरे कटौती गर्ने बताउँछन् ।

‘अहिले ऊर्जाका लागि औषधी उद्योगहरुले ठूलो खर्च गरिरहेका छन्, यो अनुसन्धानपछि यसको खर्च घटाउनमा धेरै सहयोग पुग्नेछ ।’ उनले भने, ‘वातावरणमैत्री हरित ऊर्जामार्फत औषधी उत्पादनका लागि यसले सहयोग गर्नेछ ।’ उनका अनुसार, प्रणाली जडानको लागत र समय जमीनमुनि राख्ने पाइप लम्बाई, आकार गुणस्तरमा भर पर्नेछ । यो प्रणालीले प्रति युनिट बिजुलीमा ८० प्रतिशत खर्च कटौती हुने अनुमान गरिएको छ ।

अध्ययको क्रममा औषधी उद्योगको कोरिडोर र रुमको हवाई चाप फरक फरक हुने हुनाले उत्पादन गर्ने क्षेत्रको हावाको अवस्थासहित यसको सनतुलनबारे पनि विश्लेषण गरिने योजना छ । अनुसन्धानको क्रममा स्नाकोत्तरमा अध्ययनरत मेकानिकलतर्फका १ र फार्मेसीतर्फका १ विद्यार्थीलाई सोधको समेत अवसर दिइने योजना छ । यसबारे अनुसन्धानको क्रममा विज्ञहरुसहितको दुई सम्मेलन गर्ने योजना पनि छ ।

युरोपियन देशहरुले विशेष गरी आवासमा एचभीएसी प्रणालीको उपयोगमार्फत ऊर्जा न्यूनीकरण गरिरहेपनि नेपालमा पनि यसको उपयोग खास हुन नसकेको छैन । अध्ययनले औषधी उद्योगहरुको साथै ठूला ठूला आवास गृहहरुमा समेत तापक्रम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

के हो एचभीएसी प्रणाली ?

एचभिएसी प्रविधिले हावाको तापक्रम मिलाउने, हावालाई सुद्दिकरण आद्रता नियन्त्रण र चाप मिलाउने कार्य गर्छ । यसको उद्देश्य जमीनभित्र हवाई सुरुङ निर्माण गरी गुणस्तरीय हावा प्रदान गर्नु हो । यो प्रणालीइ थर्मोडायनामिक्स, फ्लुइड र हिट ट्रान्सफर सिद्धान्तहरुमा आधारित मेकानिकल इन्जिनियरिङको एउटा विषय पनि हो ।

यो प्रणाली विभिन्न उद्योग र आवासीय संरचनाहरुमा हवाई व्यवस्थापनका लागि महत्वपूर्ण मानिन्छ । अस्पताल, कार, रेल, हवाईजहाज, जहाज लगायतका व्यवसायमा पनि यो प्रणालीको उपयोग गर्न सकिन्छ । यो हावा आदानप्रदान वा प्रतिष्थापन गर्ने प्रक्रिया हो । यसमा तापक्रम नियन्त्रण, अक्सिजन पुर्नपुर्ति, आद्रता, गन्ध, धुँवाको व्यवस्थापनलाई विशेष जोड दिइन्छ ।


Read Previous

विमानस्थल पुग्ने सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार मन्त्री श्रेष्ठकाे निर्देशन

Read Next

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *