Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता, प्रदेश सरकारले विशेष पहल गर्ने


काठमाण्डौं । विकट सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता छ तर हालसम्म उत्पादन भने ८९ मेगावाट मात्र छ ।

सुदुरपश्चिम प्रदेशको ऊर्जा विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा दिइएको जानकारी अनुसार, यस प्रदेशमा १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी र ६ हजार ४ सय ८० मेगावाटको पञ्चेश्वर छ भने जल तथा ऊर्जा आयोगले गरेको अध्ययनले ७ हजार ७ सय २२ मेगावाटको नदी प्रवाहमा आधारित (आरओआर) र ६ हजार ३ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माणको सम्भावना छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र खबर हबले आयोजना गरेको सो अन्तरक्रियामा हाल लगानी बोर्डले १२ सय मेगावाटको संयुक्त पश्चिम सेती (पश्चिम सेती र सेती नदी–६) तथा सुदुरपश्चिम र कर्णाली प्रदेशमा पर्ने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना पनि रहेको जानकारी दिइएको थियो । इप्पानका सदस्य प्रकाश दुलालले सुदुरपश्चिम क्षेत्रको जलविद्युतको सम्भावनाबारे प्रश्तुत गर्दै १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीसहित पञ्चेश्वर, पश्चिम सेती लगायतका ठूला आयोजना पनि रहेको जानकारी दिए । ‘हाल सुदुपश्चिमका ३ हजार २ सय २५ मेगावाट बराबरका आयोजनाहरु कुनै न कुनै रुपमा निर्माणको चरणमा छन्, ८९ मेगावाट बराबर उत्पादन छ भने १ सय ६६ मेगावाट बराबरका आयोजनाहरु निर्माणाधीन छन् ।’ उनले भने ।

जल तथा ऊर्जा आयोगका अनुसार, जलाशययुक्ततर्फ ११४६ मेगावाटको पश्चिम सेती १ र ४१८ मेगावाटको पश्चिम सेती २ का साथै सुदुरपश्चिम र कर्णाली प्रदेशमा क्षेत्रफल ओगेको कर्णाली–१, २, ३, ४, ५ र ६ गरी जलाशयका गरी १२ हजार ६ सय २३ मेगावाटको आयोजनाहरु छन् ।

अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री प्रकाशबहादुर शाहले सुदुरपश्चिमको जलविद्युत क्षमता धेरै रहेपनि विकास हुन नसकेको बताउँदै यसका लागि सरकारले विशेष पहल गर्ने बताए । उनले जलविद्युत विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्ने बताए ।

सुदुरपश्चिम आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुदुरपश्चिम प्रदेशको सम्भावनालाई विकासमा बदल्नका लागि सरकारले पहल गर्ने बताए । विद्युत नियमन आयोगका अध्यक्ष डीबी सिंहले पञ्चेश्वरजस्ता ठूला परियोजना निर्माण गर्न सके सुदुरपश्चिम क्षेत्रकै कायपलट हुने बताए ।

अमेरिकी अनुदान सहयोगमा निर्माण हुन लागेको प्रसारण लाइन र सडक निर्माणको कार्यान्वयन मिलिनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सुदुरपश्चिममा प्रसारण लाइन निर्माणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कीर्तिनीधि चन्दले सुदुरपश्चिममा जलविद्युत विकासका लागि पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने बताए । विद्युत प्राधिकरण व्यापार महाशाखाका प्रमुख प्रवल अधिकारीले सुदुरपश्चिममा धेरै जलविद्युत उत्पादनको सम्भावना भएपनि विद्युत उत्पादन र विद्युतको पहुँच पुगेका जनताको संख्या कम भएकोले उत्पादन र विद्युत वितरणका लागि विशेष योजना आवश्यक रहेको बताए ।

जलविद्युत प्रवद्र्धक गुरु न्यौपानेले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिएमा बलाँचदेखि धौलीगंगासम्म प्रसारण लाइन निर्माण गरेर विद्युत व्यापार गर्न निजी क्षेत्र तयार रहेको बताए । विद्युत प्राधिकरणका पुर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले सुदुरपश्चिम क्षेत्रको जलविद्युत विकासका लागि सडक र प्रसारण लाइन निर्माणमा विशेष जोड दिनुपर्ने बताए ।


Read Previous

वर्षाले पर्यावरण र किसानलाई राहत

Read Next

डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

Leave a Reply

Your email address will not be published.