Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी बोर्डका परियोजनाका विकासकर्तासँग प्रधानमन्त्रीको भेट


काठमाडाैं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल र बोर्डद्धारा अघि बढाएका परियोजना विकासकर्ताबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी (पीपीपी) तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी दिने ताथ समस्या समाधानका लागि अघि बढाउनुपर्ने पहलबारे जानकारी आदानप्रदानका लागि भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको हो ।

अन्तरक्रियाको क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांङ्गदी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी–६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा जानकारी दिएका थिए ।

उनीहरुले परियोजना अघि बढाउनका लागि केही प्रक्रियागत, नीतिगत तथा अदालतद्वारा गरिएको निर्णयको कारण आएका समस्या लगायतबारे जानकारी दिँदै यसकालाई सहज बनाउन सरकारले पहल गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरे अनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा जानकारी दिएका थिए ।


Read Previous

नेपालको जलविद्युत विकासकाे जग हाल्ने ओड होफ्टुनको निधन

Read Next

नेपालले बिहारको ग्रिड प्रयाेग गरी अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने, मोडालिटी तय गर्ने सहमति

Leave a Reply

Your email address will not be published.