Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम


काठमाडाैं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरी ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको हाे ।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार ती संरचना अटाउन निर्देशन दिइएकाे हाे ।

बिना दर्ता तथा अनुमति नलिइ निर्माण गरिएका संरचना हटाउन सम्बन्धित सराेकारवालाहरूलाई निर्देशन दिएकाे सुन्नमा आएकाे तर महानगरकाे औपचारिक जानकारी नआएकाे पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । “हामीलाई औपचारिक रूपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ” उनले भने ।

पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ ।

बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।


Read Previous

स्मार्ट बत्ती जडानपछि नारायणी पुल झिलीमिली   

Read Next

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ : मन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published.