Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

पहिराले अवरुद्ध डुम्रे–बेँशीसहर सडक सञ्चालन 


लमजुङ ।  सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँशीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।  यस सडकअन्तर्गत बेँशीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।

माथिबाट झरेको ढुङ्गा माटा डुम्रे बेँशीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार बेँशीसहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् । बयालीस किलोमिटर रहेको यस सडकखण्डमा सबैभन्दा बढी यहाँ समस्या भइरहेको छ । दिनहुँजसो सुक्खा पहिराले पटक पटक सवारी साधन रोकिँदै आएको छ ।

पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन । यस पहिरो मर्मत गर्नका लागि  २० करोड रुपैयाँमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँशीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् ।

यस सडक अवरुद्धका कारण उनीहरूलाई समेत समस्या हुने गर्दछ । यस सडक अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरामा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ ।


Read Previous

सञ्चार मन्त्रीलाई इञ्जिनियर्स एशोसिएशनको ६ बुँदे ध्यानकर्षण पत्र

Read Next

स्मार्ट बत्ती जडानपछि नारायणी पुल झिलीमिली   

Leave a Reply

Your email address will not be published.