Nepal Purbadhar

सञ्चार मन्त्रीलाई इञ्जिनियर्स एशोसिएशनको ६ बुँदे ध्यानकर्षण पत्र


काठमाडौं । संचार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मालाई नेपाल इन्जिनियर्स एशोसियशनले ६ बुँदे ध्यानकर्षण पत्र बुझाएको छ । बिहीबार मन्त्रालयमा भेट गरी मन्त्री भएकोमा शर्मालाई बधाई तथा शुभकामना सहित विभिन्न बिषयमा ध्यानकर्षण गराएको हो ।
ध्यानाकर्षणका विषयहरु यस्ता छन:

१ इन्जिनियरिङ स्टाफ कलेजको स्थापना

२) इन्जिनियरको जागिरको सुरुवात सातौ तहबाट हुने ऐनको पहलको लागि अनुरोध ।

३) संचार तथा सुचना मन्त्रालय पूर्ण रुपमा प्राबिधिक बिषयसँग सम्वन्ध राख्ने निकाय भएको हुँदा सचिब प्राबिधिक हुनु पर्ने साथै विभाग तथा मातहातका निकाय कार्यकारी निर्देशक र प्रमुख इन्जिनियरिङ (प्राबिधिक) सेवाबाट राख्नु पर्ने ।

४) संचार तथा सुचना प्राविधी मन्त्रालय इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषयको सेवा समुह संचालन गर्ने मन्त्रालय समेत रहेकोले इन्जिनियरहरुको मनोबल उच्च हुने वातावरण बनाउनुपर्ने ।

५) स्थानीय तहमा सुचना प्राविधी अधिकृतको स्थायी दरवन्दी सिर्जना गर्नुपर्ने ।

६) राष्ट्रीय सुचना प्राविधी केन्द्रमा स्थायी इन्जिनियरको दरवन्दी थप गर्नुपर्ने रहेका छन् ।


Read Previous

प्रधानमन्त्रीसँग जलविद्युत सुरक्षाको लागि छुट्टै नीति बनाउन माग,न्यासिम खोला आक्रमणको छानविन गर्न समिति गठन गरिने

Read Next

पहिराले अवरुद्ध डुम्रे–बेँशीसहर सडक सञ्चालन