Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

‘३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको तोडफोड र आगजनीमा एमाले वडा कमिटीको संलग्नता’


काठमाडौं । यही फागुन १५ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माणाधीन ३५ मेगावाटको न्यासिमखोला जलविद्युत आयोजनामाथि भएको तोडफोड र आगजनीमा सोही वडाको एमाले वडा कमिटीको संलग्नता देखिएको छ ।

फागुन १५ गते बिहान ११ बजे गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको मृत्यु भएको थियो । त्यसपछि घटनासँग असम्बन्धित जलविद्युत आयोजनामाथि ६० जनाको समूहले आयोजनामा तोडफोड र आगजनी गर्नुका साथै त्यहाँ कार्यरत श्रमिक र कर्मचारीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट ७ जना घाइते भएका थिए । यसरी भएको आक्रमण, तोडफोड र आगजनीमा एमाले वडा कमिटिीको संलग्नता देखिएको हो ।

प्राप्त कागजपत्र अनुसार सीता हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनासँग एमाले वडा कमिटीले फागुन २ गते विभिन्न माग राख्ने निर्णय गरेको थियो । वडा कमिटी अध्यक्ष हिमाल लामा र जिल्ला कमिटी सदस्य समेत रहेका वडाध्यक्ष हिमाल दोङसहितका ४४ एमालेका विभिन्न तहका कार्यकर्तासहितको बैठकले आयोजनासँग विभिन्न माग राख्ने निर्णय गरेको हो ।

बैठकले वन, जंगल, खनिज र जल सम्पदा आदिको विषयमा स्थानीय जनसमुदायको पहिला अधिकार रहने हुनाले उनीहरुको सहमतिविना कुनै पनि राजनीतिक शक्ति, दल वा बाहिरी शक्तिले हस्तक्षेप गर्न नपाउने तथा कुनै कार्य गर्नुपरेमा स्थानीयबासीको सहयोग र सहमति लिनुपर्ने निर्णय गरेको थियो ।

यसैगरी स्थानीय क्षेत्रमा भईरहेको विकासमा स्थानीयसँग सहमति नलिई समुदायका टाठावाठाहरुले फाइदा लिने नियतले निर्माण कार्य गरिरहेको, भावी योजनाहरुको कार्य थालनी गर्नुपर्ने भएमा स्थानीयबासीको सहभागिता हुनैपर्ने निर्णय गरेको थियो । साथै, उद्योग विकास निर्माणले पुर्याएको क्षति र वेफाइदानजक असरको अध्ययन हुनुपर्ने, भविष्यमा हुने भवितव्यको क्षति सम्बन्धमा सञ्चालित निर्माणाधीन कम्पनी तथा संस्था व्यक्तिले समेत बेहोर्नुपर्ने र आइन्दादेखि ‘दलाल भ्रष्ट’ हरुलाई आफूखुशी गर्न नदिने निर्णय पनि बैठकले गरेको थियो ।

बैठकले स्थानीय क्षेत्रमा हुने निर्माण कार्यमा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने, जनप्रतिनिधी तथा बाहिरी व्यक्ति संस्थाबाट जर्बरजस्ती पूर्ण तरिकाले कार्य गर्न खोजेमा जनताको प्रमुख अंगुवाई जुगल–३ एमालेले गर्ने, वडा कमिटी र सीता हाइड्रोबीच आयोजना निर्माणको स्थगित कार्यलाई सुचारु गर्र्न हिमाल तामाङको संयोजकत्वमा वातावरण समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

फागुन १ गते स्थानीय नोबु वाङगेल लामा, माईला लामा, पेमा लामा, कान्छामाया लामा, घिरिङ दोर्जे लामा, कान्छी लामा र सुर्य लामा लगायतले एमाले वडा कमिटीलाई निर्माणाधीन आयोजनाहरुको काम रोकी सम्भावित क्षति रोक्न तथा क्षतिपुर्तिको व्यवस्थाको वातावरण बनाउन माग गरेका थिए ।

२ फागुनमा निर्णय गरेको एमालेले फागुन ५ गते जिल्लास्थित निकायलाई सोको निर्णय जानकारी गराएको थियो । त्यस्तै, फागुन ८ गते आयोजनालाई वार्ता कमिटी गठन भएको जानकारी गराएका थिए ।

बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र सीता हाइड्रोपावर प्राइभेट लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष सीताराम तिमल्सिनाले एमाले वडा कमिटिले विभिन्न माग राखी पठाएको र करेन्ट सर्ट भएर बालिकाको दुःखद निधन भएको घटनास्थलभन्दा ५ किलोमिटर तल आएर आक्रमण गर्नुले यसमा राजनीति संलग्नता देखिएको बताए । ‘बालिकाको निधन हुनु एकदम दुःखद छ, यो विद्युत प्राधिकरणको लाइनमा सर्ट भएर हो तर यही घटनालाई आधार मानेर आक्रमण हुनु नियोजित छ ।’ उनले भने ।

केही महिनाअघि लमजुङमा निर्मानाधीन चेपेखोला जलविद्युत् आयोजनामा पनि नेपाली काग्रेस, एमाले, माओवादी लगायतका पार्टीका स्थानीय कार्यकर्ताको संलग्नातामा तोडफोड भएको थियो ।


Read Previous

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए

Read Next

जलविद्युत आयोजनामा स्थानीय आक्रमण रोकिएन, प्रवर्द्धक भन्छन् ‘ज्यान जोखिममा राखेर कसरी लगानी गर्ने सरकार ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *