Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

जलविद्युत आयोजनामा स्थानीय आक्रमण रोकिएन, प्रवर्द्धक भन्छन् ‘ज्यान जोखिममा राखेर कसरी लगानी गर्ने सरकार ?’


काठमाडौंं । निजी क्षेत्रका निर्माणाधीन आयोजनामा स्थानीयको भौतिक आक्रमण नरोकिएकाले जलविद्युतमा लगानी गर्दा थप जोखिम र असुरक्षा बढेको ऊर्जा उत्पादकहरूले बताएका छन् । गत सोमबार (फागुन १५ गते) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बामा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनामा स्थानीयबासीले आक्रमण गरी क्षति पुर्याएपछि  ऊर्जा उत्पादकहरूको यस्तो प्रतिक्रिया आएको हो ।

गाउँमा विद्युत वितरण लाइनबाट भएको विद्युतीय दुर्घटनामा परी एक जना बालिलकाको मृत्यु भएपछि आक्रोशित स्थानीयको भीडले उक्त घटनासँग सम्बन्ध नै नभएको न्यासेम खोलामा आक्रमण गरी क्षति पुर्याएपछि बुधबार स्वतत्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र प्रवर्द्धक सीता हाइड्रो पावर कम्पनीले संयुक्तरूपमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको भत्सर्ना गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी निजी ऊर्जा उत्पादकहरूले १२ करोड रुपैयाँ बढी नोक्सानी हुने गरी आयोजनामा स्थानीयद्वारा गरिएको भौतिक आक्रमणको निश्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले घटनाको निश्पक्ष छानबिन गर्न समिति गठन गर्न समेत सरकारसँग माग गरेका छन् ।

नियोजित रूपमा हाम्रो आयोजनामा आक्रमण भएको छः अध्यक्ष तिमल्सिना

न्यासेम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक सीता हाइड्रो पावर कम्पनीका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले ६० जनाको उत्श्रृङ्खल, उदण्ड र अराजक समूहले नियोजित आयोजनामा तोडफोड र आगजनी गरेको बताए । उनले नेपाल विद्युत प्राधिकरणको वितरण प्रणलीको लाइनबाट करेन्ट सर्ट भई मानेभञ्ज्याङमा स्थानीय बालिकाको दुःखद निधन भएपछि त्यसको आक्रोश सरोकार नै नभएको ५ किलोमिटर पर रहेको आफ्नो आयोजनामा नियोजितरूपमा आएर स्थानीयले पोखेको आरोप लगाए ।

‘बालिकाको निधन हुनु हामी सबैका लागि दुःखद कुरा हो, यसमा हाम्रो पनि बालिकाको परिवारप्रति समवेदना छ’, उनले भने, ‘राष्ट्रिय प्रणालीको विद्युत लाइनबाट विद्युतीय दुर्घटना भएका कारण विद्युत प्राधिकरणले पछि आवश्यक क्षतिपुर्ति दिन्छ भन्ने अपेक्षा गरेका छौं । तर, सरोकार नै नभएको हाम्रो आयोजनामा नियोजित ढंगले भएको यो अपराधिक क्रियाकलापले म जस्ता प्रवद्र्धकलाई मर्माहत बनाएको छ । यस्ता व्यक्तिमाथि छानबीन गरी कडा कारबाही होस् भन्ने माग सरकारसँग गर्छु ।’

उनले घटना घटेपछि पनि यो विषयसँग जोडेर कुनै माग विनानै सम्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्यहरू तथा स्थानीय नेताहरूको उपस्थितीमा आयोजनामा एक्कासी भौतिक आक्रमण दुखेसो पोखे । तिम्सिनाले निर्माणाधीन आयोजनामा तोडफोड र आगजनी भएपछि श्रमिक र कर्मचारी ज्यान जोगाएर भाग्नुपर्ने अवस्था सिर्जना हुनुले लगानीकर्ताहरूका लागि गम्भीर अवस्था सिर्जना भएको बताए ।

‘सरकारले पुर्याउनु पर्ने विद्युत पहुँच जलविद्युत आयोजना निर्माण हुने भएपछि गाउँमा पुग्यो । पहुँच सडक हाम्रो आयोजनाले नै बनायो । भोलिको दिनमा कुनै बस दुर्घटना भयो भने तपाईहरूले बनाएको सडकले दुर्घटना भयो भनी फेरि आयोजनामाथि आक्रमण र आगजनी हुन्छ भने हामीजस्ता लगानीकर्ताका लागि यो सबैभन्दा ठूलो बिडम्बना हो ’ उनले भने ।

उनले प्रश्न गर्दै भने,‘ज्यान जोखिममा राखेर कसरी जलविद्युतमा लगानी गराैं सरकार ? अब सुरक्षा व्यवस्थापन नभएसम्म त्यहाँ गएर कसरी आयोजनाको निर्माण सुचारु गरौं ?’ उनले यसअघि पनि आयोजनामा उपयोग भएको गाडी तथा निर्माण उपकरण अपहरण गरी लगेकाले लामो पहल र संघर्षपछि फिर्ता ल्याइएकोमा अहिले फेरि भएको भौतिक आक्रमणले नेपाल जलविद्युतमा लगानी गर्नका लागि सुरक्षित नभएको भान भइरहेको बताए ।

‘हामीले गलत गरेको भए त्यसको छानबिन गर्ने निकाय छ । छानबिन गरेर कारबाही होस् । दण्ड, सजाय भोग्न तयार छौं । तर, २५ वर्षपछि सरकारले नै फिर्ता पाउने जलविद्युत आयोजनामा लगानी गर्छौं भन्दा यस्तो वातावरण किन ?’ उनले प्रश्न गरे । उनले उचित सुरक्षाको प्रबन्ध नभएसम्म आयोजना निर्माणमा फर्कने अवस्था नरहेको पनि बताए ।

उनले १५ दिनअघि मात्रै जुगल–३ को नेकपा एमाले कमिटीले निर्णय गरी पूरा गर्न नसक्ने विभिन्न माग पत्र बुझाएको र उसले गरेको माग पूरा नहुने देखेपछि विद्युतीय दुर्घटनालाई कारण बनाई नियोजित रूपमा नै आफ्नो आयोजनामा आक्रमण भएको हुन सक्ने आशंका गरे । ‘१५ दिन अघि वडा कमिटीबाट निर्णय गरेरै माग आएको थियो, पूरा गर्न सक्ने अवस्था थिएन, एउटा घटनाको निहुँ पारेर नियोजित रूपमा आक्रमण गरेको देखिएको छ ’ उनले भने ।

स्वदेशी जलविद्युत आयोजनाको सुरक्षा किन वेवास्ताः इप्पान उपाध्यक्ष कार्की

इपान उपाध्यक्ष गणेश कार्कीले सरकारले जलविद्युतलाई देशको सम्वृद्धिको आधार भने पनि निजी क्षेत्रबाट निर्माणाधीन आयोजनालाई उचित सुरक्षा दिन नसकेको बताए । न्यासेम खोला लगायतका जलविद्युत आयोजनामा भएका पछिल्लो भौतिक आक्रमणले जलविद्युत लगानीका लागि जोखिमको क्षेत्र रहेको देखाएको उनको भनाई छ ।

‘दुरदराजमा गएर जलविद्युत आयोजना निर्माण गर्दा दिउँदै अराजक भीड आएर आक्रमण गर्छ भने लगानीकर्ता र लगानी कसरी सुरक्षित हुन्छ ? कि सरकारले बिजुली चाहिँदैन भन्नुपर्यो, कि विशेष खालको सुरक्षाको व्यवस्था गर्नुपर्यो ।’ उनले प्रश्न गर्दै भने, ‘स्वदेशी र विदेशी दुवै जलविद्युत आयोजनाका लागि विशेष खालको सुरक्षा व्यवस्था हुनुपर्छ, विदेशी लगानीका आयोजनाका लागि सुरक्षा छ । तर, स्वदेशी आयोजनालाई किन यस्तो बेवास्ता ?’

उनले निर्माणाधीन अवस्थाका सबै जलविद्युत आयोजनामा भीडा आएर आक्रमण, तोडफोड र आगजनी गर्दै जाने हो भने स्वदेशी र विदेशी लगानीकर्तामाझ पनि नकारात्मक सन्देश जाने बताए ।

किन जलविद्युत आयोजनामाथि बारम्बार आक्रमणः इपान उपाध्यक्ष गर्ग

इपान उपाध्यक्ष आशिष गर्गले जलविद्युत आयोजनामाथि बारम्बार आक्रमण भइरहेको बताउँदै यसले जलविद्युत प्रवर्द्धकहरूमा चिन्ताको अवस्था सिर्जना गरेको बताए । अहिले ३ हजार मेगावाट बराबरका १८० जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै उनले यस्तै अवस्था कायम रहे अब थप लगानी गर्न धेरै सोच्नुपर्ने समय भएको बताए ।

‘जलविद्युत आयोजनाहरूमा माथि किन बारम्बार आक्रमण भईरहेको छ ? यो आगोजस्तै किन फैलिरहेको छ ? यो गम्भीर चिन्ताको विषय बनेको ,’ उनले भने, ‘हालै चेपेखोला जलविद्युत आयोजनामा पनि यस्तो समस्या आएको थियो । फेरि यो आयोजनामा आएको छ । यसले लगानीकर्तालाई धेरै निराश बनाएको छ ।’ उनले ऊर्जा र गृह मन्त्रालयमा जलविद्युत आयोजनामाथि भएको आक्रमणबारे जानकारी दिएर काबाहीका लागि जोडदार माग गर्ने पनि बताए ।

यो न्यासिमखोला मात्र नभई सबै जलविद्युत आयोजना माथिको आक्रमण होः प्रवर्द्धक पराजुली

जलविद्युत प्रवर्द्धक भरत पराजुलीले सिन्धुपाल्चोकको न्यासिम खोला जलविद्युत आयोजनामाथि भएको आक्रमण सबै जलविद्युतमाथिको आक्रमण भएको बताए । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत आयोजनामा बारम्बार आक्रमण भइरहेको बताउँदै उनले यसलाई रोक्न नसके भविष्यमा अझ असुरक्षित वातावरण निर्माण हुने बताए ।

‘यो सीता हाइड्रोमाथि भएको आक्रमण मात्र होइन, यो समग्र जलविद्युतमाथिको आक्रमण हो , यसले लगानी धेरै असुरक्षित देखाएको छ,’ उनले भने, ‘आक्रमण र तोडफोडको सत्य, तथ्यक छानबिन गर्नुपर्छ र दोषलाई कारबाही गर्नुपर्छ ।’ उनले हाल सो क्षेत्रको पाङतानमा २ सय ५९ मेगावाट बिजुली आदान–प्रदानका लागि सवस्टेसन बनिरहेको र यो घटनाले उक्त सवस्टेसन र निर्माणाधीन सबै जलविद्युत आयोजनाको निर्माणमा चुनौती थपिएको बताए ।

छानबिन समिति गठन गरी दोषी उपर कडा कारबाही गर्न इपानको माग

इपानले न्यासिम खोला आयोजनामा भएको आक्रमणको छानबिन गरी दोषी उपर कडा कारबाहीको सरकारसँग माग गरेको छ । बिहीबारको पत्रकार सम्मेलनमा निर्माणाधीन जलविद्युत आयोजनामा स्थमा भएका भौतिक पूर्वाधार तथा निर्माण उपकरणहरूमा स्थानीय समूहले तोडफोड तथा आगजनी गरी कर्मचारीमाथि सांघातिक आक्रमण गरेको घटनाले स्तब्ध बनाएको इपानले भनेको छ ।

यस्तो अराजक तथा आपराधिक घटनाको घोर भत्र्सना र निन्दा समेत इपानले गरेको छ । आक्रमणमा परेको जलविद्युत आयोजनालाई उचित क्षतिपूर्ती लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण गराउनुका साथै घाईते कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत इपानले सरकारसँग माग गरेको छ ।

विगतदेखि नै जलविद्युत आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाको सामना गरिरहनुपरेको बताउँदै इपानले कार्यस्थलमा हुने यस्ता घटनालाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरू निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउनु पर्नेमा इपानले जोड दिएको छ । साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडा कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने व्यवस्था मिलाउन पनि ईप्पान सरकारसँग माग गरेको छ ।

गत सोमबार बिहान ११ बजे गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत प्राधिकरणको वितरण लाइन लाइन सर्ट भई बालिकाको मृत्यु भएपश्चात ६० जनाको समूहले आयोजनामा तोडफोड गरेको थियो । तोडफोडबाट श्रमिक आवास, सशस्त्र प्रहरीको आवासका साथै आयोजनाको मेशिन र उपकरणहरुमा आगजानी र तोडफोड गरेका थिए ।

सीता हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनामा स्थानीयबासीले आक्रमण गर्दा ७ जना घाइते भएका थिए भने कार्यरत रहेका अन्य कर्मचारी र श्रमिकले भागेर ज्यान जोगाएका थिए । आक्रमणबाट प्रारम्भिक रुपमा करिब १२ करोड बराबरको क्षति भएको र क्षतिको पुर्नस्थापना गरी आयोजना सुचारु गर्न कम्तीमा एक बर्ष लाग्ने आयोजनाले जनाएको छ ।

२०७७ साल मंसीर ८ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७८ साल जेठदेखि निर्माणाधीन छ । आयोजनाबाट २०८१ साल असार १५ गते व्यापारिक उत्पादन गर्ने लक्ष्य राखिएको छ । ७ अर्ब रुपैयाँ लागत रहेको आयोजनाले हालसम्म करिब ८० करोड खर्च गरिसकेको छ ।

करिब २५ प्रतिशत काम सम्पन्न भैसकेपछिको अवस्थामा भएको यो आक्रमणसँगै ३ दिनदेखि आयोजनाको निर्माण कार्य ठप्प छ भने भविष्यको निर्माण कार्य पनि अन्योलग्रस्त बनेको छ ।


Read Previous

‘३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको तोडफोड र आगजनीमा एमाले वडा कमिटीको संलग्नता’

Read Next

एचआईडीसिएलले अघि बढाएका दुई जलविद्युत आयोजनाको नेतृत्व प्राधिकरण र उत्पादन कम्पनीले गर्ने

Leave a Reply

Your email address will not be published.