Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

भारतको पूर्वाधार र सामाजिक क्षेत्रमा २५ बिलियन डलर सहयोग गर्ने एडिबीेको प्रस्ताव


काठमाडौं । एसियाली विकास बंैक (एडिबी) ले भारतको पूर्वाधार र सामाजिक विकास तथा जलवायु प्रतिरोधी क्षमता वृद्धि गर्नको लागि २० देखि २५ बिलियन अमेरिकी डलर (करिब ३३ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रस्ताव गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विहीबार भएको भेटमा एडिबीका अध्यक्ष मासात्सुगा असाकावाले सो प्रस्ताव राखेका हुन् । यो सहयोग ५ वर्षको अवधिमा हुने र यसले भारतको दु्रत, समावेशी र हरित वृद्धिलाई सहयोग पु¥याउने एडिबीको अपेक्षा छ ।

भारतको पूर्वाधार र सामाजिक विकास तथा जलवायुसँग लड्न सक्ने क्षमता अभिवृद्धि गर्नको लागि सहयोग रकम महत्वपूर्ण हुनेछ । यसले एडिबीको देशीय सहकार्य रणनीतिलाई पनि सहयोग पुग्नेछ । यो रणनीतिक २०२३ देखि थालनी भएर २०२७ मा सम्पन्न हुनेछ ।

‘भारत र एडिबीबीच लामो समयदेखि महत्वपूर्ण सहकार्य रहेको र यस क्षेत्रको विकासका चुनौतिलाई समाधान गर्दै अघि बढ्न चाहेका छौं’ असाकावाले भने । एडिबीले भारतका प्राथमिकता प्राप्त विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ । उदाहरणको लागि मल्टिमोडल कनेक्टिभिटी, सहरी विकास, स्थानीय स्रोत परिचालनलगायतका क्षेत्रमा काम गरिरहेको छ ।

एडिबीले कार्वन उत्सर्जन घटाउने र त्यसको लागि यातायात र स्वच्छ ऊर्जामा जोड दिएको छ । अध्यक्ष असाकावाले कोभिडले असर गरे पनि भारत दु्रत आर्थिक विकासको गतिमा रहेको उल्लेख गरे ।


Read Previous

राष्ट्रिय बीमा संस्थान ५६ औँ वर्षमा प्रवेश, आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न सुझाव

Read Next

अब सडकमा खनेका खाल्डाखुल्डी १० दिनभित्र पुरिसक्ने

Leave a Reply

Your email address will not be published.