Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

पाल्पा-बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने


रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो ।

वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ । सो समयावधिमा काम गरिने जनाइएको छ ।

सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रूपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ ।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला बेलामा ठूलो हानीनोक्सानी हुने गरेको छ । पाल्पा, बुटवल, पोखरा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा आवतजावत गर्ने यो महत्वपूर्ण राजमार्गको रूपमा लिइन्छ । यही सडकमा माथिबाट खसेको पहिराले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ ।


Read Previous

बेनीमा अतिक्रमित संरचना हटाइयो

Read Next

कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’ निर्माण अलपत्र

Leave a Reply

Your email address will not be published.