Nepal Purbadhar

विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन पर्यटन विभागको निर्देशन


काडमाडौं । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन ध्यानाकर्षण गराएको छ । कानुनअनुसार तोकिएको प्रक्रिया पुरा नगरी यस्तो पूर्वाधार तथा क्रियाकलाप सञ्चालन गरेमा कारवाही हुने विभागले बताएको छ ।

नेपालमा पछिल्लो समय बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काइ डाइभिङ, जिप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्यूजमेन्ट पार्क, फन पार्कजस्ता उत्पादनमा लगानी बढेको छ ।

यस्ता गतिविधिहरू सञ्चालन गर्नेमध्ये कतिपयले उद्योग /व्यवसाय दर्ता नगरी, इजाजत नलिई, नवीकरण नगराइ सञ्चालन गरेको पाइएको भन्दै विभागले ध्यानाकर्षण गराएको हो । दर्ता नगरी वा इजाजत नवीकरण नगरी यस्ता व्यवसाय सञ्चालन गरेमा दण्ड सजाय र जरिवानाको प्रक्रिया थाल्ने समेत विभागले जानकारी दिएको छ ।

२ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानी हुने यस्ता गतिविधिका लागि पूर्वाधार बनाउनु अगाडि संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन समेत पास गर्नुपर्ने प्रावधान रहेको बताउँदै विभागले सो नगरेमा कारवाही गर्ने चेतावनी समेत दिएको छ।

Facebook Comments

Read Previous

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

Read Next

‘गंगा नदी वेसिनमा दीगो ऊर्जा विकासका लागि क्षेत्रीय सहकार्य र समन्वय’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar