Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

२ अर्ब ५० करोड नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गतेबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ’क’ बिक्री गर्ने भएको छ । बैंकले वार्षिक साढे ११ प्रतिशत व्याज दिने गरी सो बचतपत्र बिक्री गर्न लागेको हो। केन्द्रीय बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । फागुन १० देखि ३० गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम जारी मितिे आगामी चैत ६ गतेका लागि तोकिएको छ ।

बैंकले २०८४ चैत ६ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ। बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

ब्याजमा कर लाग्ने बैंकले जनाएको छ। ब्याजको भुक्तानी ६ । ६ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोवार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।


Read Previous

समीट लघुवित्तले ८४ हजार बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै

Read Next

ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २०० मेगावाट विद्युत लैजान भारत सहमत

Leave a Reply

Your email address will not be published.