Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २०० मेगावाट विद्युत लैजान भारत सहमत


काठमाडौं । नेपालले अहिले सञ्चालनमा रहेकाे ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ८ सय मेगावाट विद्युत निर्यात गर्ने अनुमति पाएकाे छ ।  भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को १०औं बैठकमा याे प्रसारण लाइनबाट थप २ सय मेगावाट विद्युत नेपालले  निर्यात गर्ने पाउने सहमित जुटेकाे हाे ।

बैठकमा अन्तरदेशीय विद्युत व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्त्पूर्ण सहमति बनेकाे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । उनका अनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट अहिले आयात–निर्यात भइरहेको विद्युत क्षमता ६०० मेगावाटबाट बढाएर ८०० पुर्याउने सहमति भएको छ ।

बैठकमा टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत पनि ७० देखि ८० मेगावाटसम्म विद्युत आयात–निर्यात गर्ने सहमति दुई पक्षबीच भएको घिमिरेले जानकारी दिए । उनले संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्म विद्युत निर्यात गर्न सम्भाव्य विकल्पको प्रसारण लाइनकाे अध्ययन गराउने सहमति भएको बताए ।

बैठकमा भएकाे सहमतिपछि नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत लैजान भारत सकारात्मक देखिएको  छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटवालले बताए । ‘स्वदेशी लविद्युत आयोजनाहरूबाट उत्पादन हुने विद्युत भारतीय बजारमा निर्यात गर्न अन्तर–सरकारी सम्झौता गर्न नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक देखिएको छ,’ उनले भने, ‘थप ५० मेगावाट विद्युत बङ्गलादेश निर्यात गर्ने सम्बन्धमा  केही आयोजनाकाे प्रस्ताव पेश गरेकाे अवस्थामा पनि आयात–निर्यात निर्देशिकाबमोजिम स्वीकृति दिन भारतीय पक्ष सकारात्मक रहेको छ।’

१३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत निर्यात गर्न आवश्यक संयन्त्र बनाउने  सहमति पनि बैठकमा भएको छ। दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा रहेको ४०० केभी न्यू बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माणकार्य २०२५ मार्च सम्ममा सम्पन्न गर्नेसम्बन्धी सम्झौता चाँडै गर्नेबारे समेत दुवै पक्ष सहमत भएका छन्।

भेटुवालका अनुसार नेपाल–भारतबीच थप २ वटा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने निर्णय बैठकमा भएकाे छ।  ४०० केभी इनरुवा–पूर्णिया प्रसारण लाइन सन् २०२७/२८ र न्यू लम्की–बरेली  प्रसारण लाइन सन् २०२८/२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने सहमति बैठकले गरेकाे छ ।

यो बैठकअघि गत शुक्रबार दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप)को बैठक समेत बसेको थियो।


Read Previous

२ अर्ब ५० करोड नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

Read Next

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

Leave a Reply

Your email address will not be published.