Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने


तनहुँ । तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन्। नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो।

दुवै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई एकै ठाउँमा परिचालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नगरसभाले योजना कार्यक्रमको संशोधन तथा सोका लागि बजेट रकम रकमान्तर गर्ने विषयलाई पारित गरेको नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए।

नगरपालिकाले नयाँ संगठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन, २०७९ स्वीकृत गरेको छ। भानु–२ मा गरिबसँग विश्वश्वर कार्यक्रमअन्तर्गत कार्यरत सामाजिक परिचालक जानुका बस्नेतको रु पाँच हजार प्रोत्साहन भत्ता थप गरेको छ।

त्यसैगरी, स्वास्थ्यतर्फका तीन प्राविधिक करारका कर्मचारी बन्दना कार्की, पुष्पाञ्जली जोशी र रश्मा पौडेलको सोही तहका अन्य कर्मचारीसरह हुने गरी मासिक पारिश्रमिक रु बीस हजार कायम गरेको छ। बेरुजु नियमित गर्ने पारित गरेको छ भने प्रवक्तामा ईश्वरबहादुर घिमिरेलाई तोकेको नगरप्रमुख त्रिपाठीले बताए।


Read Previous

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Read Next

सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट

Leave a Reply

Your email address will not be published. Required fields are marked *