Nepal Purbadhar

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ।

आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूूल्य घटेर आएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीनरतीन रुपैयाँ बढाएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने निगमले जनाएको छ। आईओसीलाई ११ अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूल्य नघटाउने निगमको भनाइ छ।


Read Previous

आजबाट नेपाल एयरलाइन्सको टिकट काउन्टर दैनिक १० घण्टा खुल्ने

Read Next

तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने