Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन


लमजुङ । लमजुङमा निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन। तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन।

प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ। तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो। प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो।

‘आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ,’ उनले भने। आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्याउनका लागि एक सय ९३ टावर निर्माण गर्नुपर्नेछ। लमजुङमा ४५ टावर निर्माण हुनेछन्। हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन्।

दोर्दी करिडोर आयोजनाको विद्युत् मध्यमर्स्यांदी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ। उदिपुरबाट मध्यमर्स्यांदी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमा एउटाको जग हालिएको छ। गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ।


Read Previous

पथरी-ज्यामिरे सडकमा रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै

Read Next

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

Leave a Reply

Your email address will not be published. Required fields are marked *