Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल


फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ। यहाँ चार महिनामा ४सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन्। पर्यटकको आगमन बढ्दै गएको छ।

कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ। कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका उनी बताउँछन् । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन्।

फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड रुपैयाँभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ। समुद्र सतहबाट ३ हजार ५ सय मिटरदेखि ४ हजार ५ सय मिटर उचाइमा एक करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए।

‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुनसकेको थिएन। पर्यटन व्यवसायी निराश भएका थिए। पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भने।

आर्थिक वर्ष २०७६/७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ। दक्षिण एशियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए। विसं २०५६ मा ७ सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्यांक छ । विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ।

कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ। पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजंगा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन्। काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंद्दाको आधार शिविर पुगिन्छ। यहाँ आउजाउ गर्ने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ।


Read Previous

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन

Read Next

११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published.