Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

गुर्जा जोड्ने सडक निर्माण सुरु


म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा सडक पुर्याइने भएको छ। अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा जिल्लाका छ स्थानीय तहका ४५ मध्ये सडक नपुगेको एक मात्र वडा हो।

भौगोलिक हिसाबले दुर्गम र विकट क्षेत्रमा पर्ने लुकेको बस्ती ‘हिडन भ्याली’ का रूपमा चिनिइएको छ। धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा वडा नं २ मा पर्ने लमसुङदेखि लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माण थालिएको हो।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गण्डकी प्रदेश सरकारको ८० लाख र पालिकाको ४५ लाख रुपैयाँ बजेटबाट सडक निर्माण सुरु गरिएको जानकारी दिए। ‘गुर्जालाई सडक सञ्जालले जोड्ने हाम्रो पालिकाको गौरवको आयोजना हो,’ उनले भने, ‘यस वर्ष लमसुङदेखि लुलाङभन्दा माथिसम्म सडक पुर्याउने लक्ष्य छ। संघीय र प्रदेश सरकारसँग समन्वय गरेर यो योजनालाई निरन्तरता दिन्छौँ।’

मुना–लुलाङ–गुर्जा सडकलाई कर्णाली प्रदेशको डोल्पाको सदरमुकाम दुनै जोड्ने छोटो मार्ग बनाउन प्रदेश र संघीय सरकारलाई प्रस्ताव गरेको उपाध्यक्ष पुनले बताए। गत वर्ष गाउँपालिकाले लुलाङदेखि गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएको थियो।

गुर्जाका वडाध्यक्ष झक छन्त्यालले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको बताए। दुई सय ५० घरधुरीको बसोबास रहेको गुर्जा पुग्न लुलाङदेखि तीन हजार पाँच सय मिटर उचाइको देउराली धुरी काटेर भिर, जंगल र खोल्साको बाटोमा पूरै दिन पैदलयात्रा गर्नुपर्छ। बाटोमा कतै पनि बस्ती छैन। सडक सुविधा नहुँदा आवतजावतका लागि पैदलयात्रा, ढुवानीमा घोडा खच्चर र बिरामी हुँदा अस्पताल पुग्न हेलिकप्टर चढ्नुपर्ने बाध्यता छ।

लमसुङदेखि लुलाङतर्फ एक किलोमिटरभन्दा बढी सडकको मार्ग खनिसकिएको छ। पहिराको जोखिम र अन्य विकल्प नभएकाले लमसुङ बस्तीमाथिको भिरालो पाखोमा करिब आठ सय मिटर सडक मजदुरमार्फत खन्ने काम भइरहेको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले बताए।

‘पाखोमा डोजर चलाउँदा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालय भवनसहितको लमसुङ बस्तीमा पहिरो खस्ने देखिएकाले मानिसले नै बाटो खन्ने काम भइरहेको छ,’ उनले भने, ‘बस्तीलाई जोगाउन डिलतर्फ ग्यावियन पर्खाल बनाएर माटोले पुर्ने र बढी भएको माटो ट्र्याक्टरमा हालेर जुगेपानीको खोल्सामा लगेर फाल्ने गरेका छौँ।’

जोखिमयुक्त बाहेकका ठाउँमा भने डोजरले सडक खनिएको छ। दुई सयभन्दा बढी घरधुरीको बसोबास रहेको लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती हो। तीन वर्षको प्रयासपछि महतलाको भिरमा सय मिटर मार्ग खोल्ने र स्तरोन्नति गरेपछि खोरिया र लमसुङ सडक यातायातको सञ्जालमा जोडिएका छन्।


Read Previous

पुल नबन्दा सास्ती खेप्दै स्थानीय

Read Next

चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ प्रतिशत राजस्व असुल गर्दै काठमाडौं महानगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *