Nepal Purbadhar

राष्ट्र बैंकले दियो साना व्यवसायीलाई सहुलियत


काठमाडौं । नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो।

यसबाट साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूलाई सहज हुने देखिन्छ । उनीहरूको उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो।


Read Previous

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

Read Next

उपत्यकामा ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar