Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

रसुवाको पारच्याङमा अस्पताल निर्माण


रसुवा । दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ।

सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन थालेपछि स्थानीयवासी खुसी भएका छन्। अस्पताल निर्माण सम्पन्न भएपछि चिकित्सकको दरबन्दी सिर्जना हुने स्थानीय तहले जनाएको छ।

नौकुण्ड गाउँपालिकाको सदरमुकामसमेत रहेको पारच्याङमा स्थानीयलाई नियमित उपचार सेवा प्रदान गर्न सरकारी अनुदानअन्तर्गत बोलपत्र आह्वानको माध्यमबाट सात करोड ११ लाख रुपैयाँको लागतमा ग्रामीण अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो धलेले बताए।

जिल्ला सदरमुकाम धुञ्चेबाट १६ कोष पश्चिमको दूरीमा रहेको पारच्याङ क्षेत्रमा कुनै पनि रोग लाग्दा नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने अवस्था छ। अस्पताल निर्माणपछि स्थानीयलाई सहज हुनेछ।


Read Previous

क्यान इन्फोटेक मेलामा प्रविधि कम्पनीहरूबीच बजारीकरणको प्रतिस्पर्धा

Read Next

कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न मनाही

Leave a Reply

Your email address will not be published.