Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गरिने


मध्यविन्दु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ। परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको थियो।

मध्यविन्दु नगरपालिका नवजागरण नमुना मावि र स्थानीय तहबाटै जग्गा व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरी परिषद्को आङ्गिक शिक्षालयको रूपमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भए बमोजिम जग्गा प्राप्ती लगायतको प्रक्रिया अगाडि बढेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए। मध्यविन्दु नगरपालिका–६ मा शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तिको प्रक्रिया बढाइएको छ।

परिषद्ले यही माघ २० गते मध्यविन्दु नगरपालिकालाई बोधार्थ गरेर सिटिभिटी गण्डकी प्रदेशलाई पत्रचार गर्दै मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापनाको लागि आवश्यकपर्ने विद्यार्थीको चाप, रोजागरीको अवसर, जग्गा, भवन, भौतिक पूर्वाधारको अवस्था र सम्भावित विषय पहिचान साथै शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन प्रतिनिधि खटाई स्पष्ट अध्ययन गरी प्रतिवेदन पेस गर्न भनेको छ।

आगामी शैक्षिक सत्रदेखि नै शिक्षालयबाट अध्ययन सुुरुवात गराउने गरी बहुप्राविधिक शिक्षालयलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए। ‘नवजगारण नमुना माविको मध्यविन्दु नगरपालिका–६ रहेको जग्गामध्ये पाँच बिघा जग्गा सिटिभिटीको आङ्गिक शिक्षालयको रूपमा स्थापना हुने नवजागरण बहुप्राविधिक शिक्षालयलाई भाडामा प्रदान गर्ने र प्राशासनिकलगायत थप आवश्यक पूर्वाधार निर्माणको लागि नगरपालिकामार्फत नै जग्गा खरिद गर्ने गरी काम भइरहेको छ,’ नगरप्रमुख अधिकारीले भने।

मध्यविन्दु–६ मा शिक्षालय स्थापना हुँदासम्म नवजागरण नमुना माविको मध्यविन्दु–७ चोरमारा बजारमा रहेको पुरानो भौतिक संरचनाको मर्मत गरेर शिक्षालयबाट पढाइ सञ्चालन हुनेछ। जग्गा तथा भौतिक पूर्वाधारको विद्यालय र नगरपालिकाले व्यवस्थापन गरेपश्चात नवजागरण बहुप्राविधिक शिक्षालय सिटिभिटीले आफ्नै व्यवस्थापनमा सञ्चालन गर्नेछ। सिटिभिटीले प्राविधिक विषय सञ्चालनको लागि यस अगाडि जिल्लाको विभिन्न स्थानमा शैक्षिक संस्थालाई सम्बन्धन दिए पनि आफ्नै व्यवस्थापनमा जिल्लामा पहिलो पटक आङ्गिक शिक्षालय सञ्चालन गर्न लागेको हो।

बहुप्राविधिक शिक्षालयमा पहिलो चरणमा कृषि विज्ञान, बाली विज्ञान, पशु विज्ञान र वन विज्ञान सङ्कायमा पढाइ हुनेछ। त्यसपश्चात आवश्यकताको आधारमा थप शङ्कायका प्राविधिक विषयसमेत सञ्चालन हुने सिटिभिटीले जनाएको छ।


Read Previous

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : प्रगति ६ प्रतिशत, आयोजना सम्पन्न हुन झण्डै ३० वर्ष लाग्ने

Read Next

ऊर्जा मन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *