Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट


काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ। कम्पनीको आइपीओ आज बिहान बाँडफाँट भएको हो।

यसमा १ लाख ९९ हजार २०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आइपीओका लागि कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो मध्ये १०५ अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघिनै निष्काशन गरिसकेको छ।

यसैगरी, ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो। सोही सेयर आज बाँडफाँट गरिएको हो। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। इक्रा नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।


Read Previous

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री

Read Next

त्रिशूली जलविद्युत केन्द्रको स्तराेन्नति गरिँदै, सुख्खा याममा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने बनाइने

Leave a Reply

Your email address will not be published.