Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

भन्सार कार्यालय मलंगवाले ६ महिनामा संकलन गर्यो १७ करोड ३५ लाख राजस्व


सर्लाही । भन्सार कार्यालय मलंगवा, सर्लाहीले चालू आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व संकलन गरेको छ।

साउनदेखि पुससम्म ४० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए।

उनका अनुसार कार्यालयले चालू आवमा ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। आव २०७८/७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको एक सय ७६ प्रतिशत राजस्व संकलन गरेको थियो।

अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व संकलन प्रभावित भएको हो। आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहुँको आयात निर्यात बन्द छन्।

आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उनको भनाइ छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समय व्यापार व्यवसाय बन्द हुनु तथा जिल्लामा रहेका अन्य सात वटा छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राजस्व संकलन प्रभावित भएको भन्सार कार्यालय मलंगवा, सर्लाहीले जनाएको छ।


Read Previous

‘विद्युत उत्पादन र व्यापारमा प्रदेश-१ ले अब अगुवाई गर्नुपर्छ’

Read Next

देशको कूल विद्युतीकरणमा नवीकरणीय ऊर्जाको हिस्सा ४ प्रतिशत

Leave a Reply

Your email address will not be published.