Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

देशको कूल विद्युतीकरणमा नवीकरणीय ऊर्जाको हिस्सा ४ प्रतिशत


काठमाडौं । देशको कूल विद्युतीकरणमा वैकल्पिक नवीकरणीय ऊर्जाको हिस्सा ४ प्रतिशत पुगेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बितेको ४ वर्षमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच नपुगेका दुर्गम गाउँमा मिनी ग्रिड, सौर्य घरेलु प्रणाली, लघु तथा साना जलविद्युत, रुफटप सौर्य प्रणालीलगायतमार्फत विद्युतीकरण विस्तार गरी यति हिस्सा पुर्याएको हो ।

२०७५ साल माघ अगाडिसम्म कूल विद्युतीकरणमा नवीकरणीय ऊर्जाको हिस्सा २.५ प्रतिशत रहेकोमा १.५ प्रतिशत बढाएको आइतबार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी विदाई भएका केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले बताए । उनले अझै ५ लाख घरधुरीमा विद्युतीकरण हुन बाँकी रहेकाले ३ लाख घरधुरीमा विद्युत पहुँच तथा क्लिन कुकिङ विस्तार गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले आफ्नो कार्यकालमा नवीकरणीय ऊर्जा क्षेत्रमा झण्डै ४० अर्ब बराबरको स्रोत परिचालन गरी प्रवर्द्धन कार्यलाई विस्तार गरेको बताए । २०७५ साल माघ २३ गते केन्द्रको कार्यकारी प्रमुखमा नियुक्त भएका अधिकारी आइतबार नै कार्यकाल पूरा गरी विदा भएका छन् । अधिकारीले पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा प्राप्त उपलब्ध सार्वजनिक गरेका छन् ।

अधिकारीले सार्वजनिक गरेको उपलब्धि (२०७५ माघ २३ देखि २०७९ माघ २२ सम्म) को पूर्ण पाठ

नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले विकास समिति ऐन, २०१३ अन्तर्गत वि.सं. २०५३ साल कार्तिक १८ तदनुसार ३ नोभेम्बर १९९६ मा यस केन्द्रको स्थापना भएको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको यस केन्द्रले स्थापनाकालदेखि नै नेपाल सरकारको प्रमुख निकाय (Focal Agency) को रूपमा नेपाल सरकार तथा विभिन्न विकास साझेदारहरुको सहयोगको नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै स्वच्छ ऊर्जामा नेपाली जनताको पहुँच बढाउनको निम्ति विभिन्न नवीकरणीय ऊर्जा प्रविधिहरू जस्तै लघु तथा साना जलविद्युत, सौर्य उर्जा, वायु ऊर्जा, बायोग्यास र सुधारिएको चुलोको प्रवर्द्धनको निम्ति आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धताका साथ मैले २०७५ माघ २३ गते बुधबारको दिन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकको रुपमा पदभार ग्रहण गरेको थिएँ । तसर्थ ४ वर्षको अवधिमा भएका मुख्य कार्यहरु तपसिल बमोजिम रहेका छन् ।

१. नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा ऊर्जा पहुँच विस्तार तर्फ

  • शको कूल ऊर्जा खपतमा नवीकरणीय ऊजाको योगदान २.५ प्रतिशतबाट ४ प्रतिशत पुगेको ।
  • थप ३ लाख घरधुरीमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट विद्युत पहुँच (करीब २० मेगावाट) र क्लिन कुकिङ्ग सेवा विस्तार ।

४ वर्षको अवधिमा भएको मुख्य भौतिक प्रगति

 क्र.सं                                   प्रविधि       इकाई उपलब्धि
१. लघु तथा साना जलविद्युत किलोवाट ५,५७५
२. सौर्य घरेलु प्रणाली संङ्ख्या  ९०१००
३. मिनीग्रिड किलोवाट   २३६६
४. रुफटप सौर्य प्रणाली किलोवाट   १०,०८०
५. संस्थागत सौर्य विद्युत प्रणाली संङ्ख्या १८२४
६. सौर्य सिंचाइ तथा खानेपानी प्रणाली संङ्ख्या १७६५
७. सौर्य सडक बत्ती संङ्ख्या ३३०९
८. धार्मिकस्थल, मठ मन्दिर तथा होमस्टेको लागि सौर्य प्रणाली संङ्ख्या ४५११
९. सौर्य कुकर तथा ड्रायर संङ्ख्या २४६४
१०. घरायसी बायोग्यास संङ्ख्या २०,०३६
११. ठूला क्षमताका बायोग्यास तथा फोहरबाट ऊर्जा परियोजना संङ्ख्या १०८
१२. फलामे सुधारिएको चुलो संङ्ख्या  २०४८२
१३. रकेट चुलो संङ्ख्या  १८०६४
१४. विद्युतीय चुलो संङ्ख्या   ४०६९९
१५. ऊर्जाको उत्पादन मुलक उपयोग संङ्ख्या १,६९७
१६. सुधारिएको पानीघट्ट संङ्ख्या २००

स्राेत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र

२. स्रोत परिचालन तथा क्षेत्रगत विकासतर्फ

  • कार्यकारी निर्देशकको कार्यकाल अवधिमा नवीकरणीय ऊर्जा क्षेत्रमा झण्डै ४० अर्ब बराबरको स्रोत परिचालन गरी नेपालको नवीकरणीय ऊर्जाको प्रवर्द्धन कार्यमा थप विस्तार ।
  • विद्युत पहुँच वृद्धि, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि (क्लिन कुकिङ्ग टेक्नोलोजी) को विस्तार, संस्थागत बायोग्यास तथा ठूला क्षमताका व्यवसायिक/नगर फोहरबाट ऊर्जा परियोजना, उत्पादकत्व विकास, लघु तथा मझौला उद्योग, बाह्य पहुँच तथा अनुदान परिचालन, ऊर्जा दक्षता, च्यालेञ्ज फण्ड, जलवायु परिवर्तन तथा कार्बन व्यापार, अनुगमन तथा गुणस्तर सुनिश्चितता जस्ता क्षेत्रगत विकास ।

३. संस्थागत/संगठनात्मक विकास तथा सुदृढीकरणतर्फ

  • केन्द्रको समग्र संस्थागत विकास तथा केन्द्रको कार्यालय भवन निर्माणको लागि जग्गा तथा बजेटको व्यवस्था गरी डिजाइन इष्टिमेट तयार गरिएको । कार्यालय भवन निर्माणको टेण्डर प्रक्रिया चाँडै अघि बढ्ने ।
  • केन्द्रको ऐन निर्माणको लागि नवीकरणीय ऊर्जा विधेयक हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिएको । उक्त विधेयक हाल विधायन समितिमा अध्ययनको क्रममा रहेको र चाँडै आवश्यक प्रक्रिया पु¥याएर संसदमा पेश हुने । त्यसैगरी ऊर्जा दक्षता विधेयकको मस्यौदा तयार गरी मन्त्रालयमा पेश गरिएको ।
  •  केन्द्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण, कर्मचारी सेवाशर्त नियमावलीलाई समय सापेक्ष परिमार्जन गरी कर्मचारी दरबन्दी परिपूर्ति तथा संगठनात्मक ढाँचा बमोजिमको कर्मचारीको पदपूर्ति गरिएको ।

४. नवीकरणीय ऊर्जा सम्बन्धी नीति, कार्यविधि तथा दिर्घकालीन योजना तर्फ ।

  •  नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको । सो नीतिमा सौर्य मिनीग्रिड, लघु तथा साना जलविद्युत आयोजना जस्ता विद्युत पहुँचको क्षेत्र तथा सौर्य खानेपानी परियोजना जस्ता आधारभूत आवश्यकताको क्षेत्रमा कूल लागतको ९० प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था गरिएको । साथै एल.पि. ग्यासको खपत घटाउन महत्वपूर्ण योगदान पुर्यारइरहेको घरायसी बायोग्यासको अनुदान ३० प्रतिशतले वृद्धि गरिएको ।
  • नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ।
  • नवीकरणीय ऊर्जाको अनुदान तथा कर्जा प्रवाह प्रक्रियालाई प्रभावकारी बनाउन केन्द्रीय नवीकरणीय ऊर्जा कोष सञ्चालन निर्देशिका, २०७१ लाई संशोधन गरी दिगो ऊर्जा च्यालेञ्ज फण्ड सम्बन्धी व्यवस्थालाई समावेश गरिएको ।
  • उज्यालो नेपाल अभियान अन्तर्गत विद्युत पहुँच नपुगेका दुर्गमा भेगमा संघीय सरकारको ९० प्रतिशत अनुदान र स्थानीय तहको १० प्रतिशत सहयोगमा सौर्य मिनीग्रिड निर्माणको लागि मिनीग्रिड विशेष कार्यक्रम सञ्चालन नियमावली, २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ।
  • विद्युत पहुँच पुग्न बाँकी भौगोलिक क्षेत्र तथा घरधुरीहरूको पहिचान गरी एकीकृत तथ्यांक बनाउन गठित कार्यदलले विद्युतीकरणको एकीकृत कार्ययोजना ९ीबकत mष्भि भभिअतचषष्अबतष्यल उबिल० तयार गरी कार्यान्वयनमा ल्याइएको छ । जस अन्तर्गत विद्युत पहुँच पुग्न बाँकी करीब ५ लाख घरधुरीमा आगामी २ वर्षभित्र विद्युत पहुँच पुर्याउन नेपाल विद्युत प्राधिकरण र केन्द्रले क्षेत्रगत जिम्मेवारी सहित तयार गरिएको संयुक्त कार्ययोजना बमोजिम कार्य अघि बढेको छ ।
  •  त्यस्तै नेपालमा खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि तथा इन्धनको बजार रुपान्तरणको लागि राष्ट्रिय कार्ययोजना (Country Action Plan for transforming the cook stove and fuel market in Nepal) को मस्यौदा तयार गरिएको छ । तयार भएको मस्यौदा बमोजिम दिगो विकास लक्ष्य, राष्ट्रिय निर्धारित योगदान तथा कार्बन तथा जलवायु परिवर्तन सम्बन्धी सवाललाई सम्बोधन गर्न नेपाल सरकारले तयार गरेका आवधिक योजना तथा दीर्घकालीन रणनीतिले लिएका लक्ष्यहरु हासिल गर्न सन् २०३० सम्ममा करीब ४० लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको पहुँच पुर्याउने लक्ष्य रहेको छ ।
  • ठूला क्षमताका बायोग्यासको प्रवद्र्धनको लागि प्रोजेक्ट अपरेशन म्यानुअल तयार गरी कार्यान्वयनमा ल्याएको ।
  • कर्णाली प्रदेशका अति दुर्गम जिल्लाहरुमा कार्यान्वयनमा रहेका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई सम्पन्न गर्न तथा विद्युत नपुगेका स्थानमा विद्युत पहुँच विस्तारको लागि कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ स्वीकृत गरी कार्यान्वयनम ल्याइएको ।
  • नवीकरणीय ऊर्जा सम्बन्धी सम्पूर्ण निर्देशिका, मापदण्डहरुलाई समय सापेक्ष परिमार्जन । राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नवीकरणीय ऊर्जा सम्बन्धी विभिन्न कार्यक्रमहरु, नवीकरणीय ऊर्जा सम्बन्धी विभिन्न नीतिगत दस्तावेजहरु निर्माणमा केन्द्रको तर्फबाट सहभागिता ।

५. संघीय संरचना बमोजिम नवीकरणीय ऊर्जाको सेवा प्रवाह विस्तार तर्फ

  • प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन
  • प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा ग्रामीण क्षेत्रको लागि नवीकरणीय ऊर्जा (RERA) कार्यक्रम कार्यान्वयन
  • सबै प्रदेशमा केन्द्रको कार्यक्रम कार्यान्वयन इकाइ स्थापना
  • ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर
  • प्रदेश तथा स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग
  • वागमती र गण्डकी प्रदेशका १०० प्रतिशत नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन ।

६. दातृ संस्थासँगको सहयोग र सहकार्यतर्फ

  •  दातृ निकायहरुसँगको प्रभावकारी समन्वयको माध्यमबाट विगतमा सञ्चालित कार्यक्रमहरुको बाँकी रकम फिर्ता पठाउने कार्य सम्पन्न ।
  • नेपाल मिनीग्रिड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व वैंकबीच ५.६१ मिलियन अमेरिकी डलर बराबरको अनुदान सम्झौता र २ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयन भइरहेको ।
  • जर्मन सहयोग बैंक (के.एफ.डब्ल्यू) सँग फोटोभोल्टेक पम्पिङ्ग प्रणाली (सौर्य खानेपानी तथा सौर्य सिंचाइ), ग्रिड कनेक्टेड सौर्य प्रणाली तथा सौर्य मिनीग्रिड आयोजना कार्यान्वनको लागि ९ मिलियन युरो बराबरको सम्झौता ।
  • ग्रामीण क्षेत्रको लागि नवीकरणीय ऊजा कार्यक्रमको दोस्रो चरणको कार्यक्रम (RERA-II) को लागि GIZ सँग सहमति (४ मिलियन युरो) । कार्यक्रम हाल प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा कार्यान्वयन भइरहेको ।
  • नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (NREP) कार्यान्वयनमा रहेको । ४.५ वर्ष अवधि रहेको सो कार्यक्रममा बेलायत सरकारले १८ मिलियन पाउण्ड सहयोग गरेको छ । यो कार्यक्रम प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा लागू भएको छ ।
  • फोहरबाट ऊर्जा उत्पादनको लागि अबुधावी फण्ड फर डेभलप्मेन्ट (ADFD) बा ट १० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्राप्त ।
  • ग्रामीण जिविकोपार्जनको लागि नवीकरणीय ऊर्जा (RERL) कार्यक्रमलाई निरन्तरता ।
  • केन्द्रले नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (Nepal Renewable Energy Program-NREP), नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम (Renewable Energy and Energy Efficiency Program-REEEP), दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (South Asia Sub-regional Economic-Cooperation-SASEC) कार्यक्रम, नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम (Scaling up Renewable Energy Program-SREP), मिनीग्रिड ऊर्जा पहुँच कार्यक्रम (Minigrid Energy Access Program-MGEAP) जस्ता विकास साझेदारहरूसँग सहकार्य गरी सबैलाई विद्युतको पहुँच (Live No one Behind), वितरित नवीकरणीय ऊर्जा प्रणाली 0ffnL (Distributed Renewablwe Energy System (DRE) मार्फत ऊर्जा सम्मिश्रण गरी ऊर्जा प्रणालीलाई दिगो, भरपर्दो बनाउने ऊर्जाको दक्ष प्रयोग गरी कम ऊर्जाबाट बढी उत्पादकत्व लिने र संघीय संरचनामा नवीकरणीय ऊर्जाको विकास र विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ ।

७. हरित जलवायु कोष र कार्बन तथा जलवायु परिवर्तनतर्फ

  • हरित जलवायु कोषमा केन्द्र सूचीकृत भएको । सुचिकृत हुने नेपालकै पहिलो संस्था बन्न केन्द्र सफल । केन्द्र र हरित जलवायु कोष बीच सम्झौता (Accreditation Master Agreement -AMA) सम्पन्न । ५० मिलियन डलर सम्मका कार्यक्रम केन्द्रले हरित जलवायु कोषसँग सिधै सम्पर्क स्थापित गरेर गर्न सक्ने ।
  • हरित जलवायु कोषको सहयोगमा Mitigating GHG emission through modern, efficient and climate friendly clean cooking solutions (CCS) कार्यक्रम स्वीकृत भइ तराइका २२ जिल्लाका १५० स्थानीय तहमा १० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि कार्यान्वयनको चरणमा रहेको । त्यसैगरी न्ऋँGCF-Readiness Program कार्यान्वयन भइरहेको । नवीकरणीय ऊर्जा सम्बन्धी थप २ वटा प्रस्ताव हरित जलवायु कोषमा पेश भएको ।
  • बायोग्यास र सुधारिएको पानीघट्टबाट करिव १३ लाख ६३ हजार युनिट CER Issue गरी बिक्री गर्ने सम्झौता सम्पन्न ।
  • बायोग्यास, लघु जलविद्युत र सुधारिएको पानीघट्टका ८ वटा CDM Project को CERs/GS CERs बिक्रीबाट करिव ३ अर्ब आम्दानी ।

८. नयाँ विशेष कार्यक्रम तर्फ

  • सौर्य मिनीग्रिड विशेष कार्यक्रम कार्यान्वयनको लागि आवश्यक नियमावली स्वीकृत भइ कार्यान्वयन भइरहेको । सौर्य मिनीग्रिडका २०० वटा आयोजनाहरु कार्यान्वयन चरणमा ।
  • तराइ स्वच्छ ऊर्जा कार्यक्रम कार्यान्वयनको लागि तराइका २२ जिल्लामा हरित जलवायु कोषको सहयोगमा (Mitigating GHG emission through modern, efficient and climate friendly clean cooking solutions (CCS) कार्यक्रम स्वीकृत भइ १५० स्थानीय तहमा कार्यान्वयनको भइरहेको
  • Sustainable Energy Challenge Fund मार्फत भायबिलिटी ग्याप फण्डिङ्गको माध्यमबाट नवीकरणीय ऊर्जामा सहयोगको लागि यस सम्बन्धी निर्देशिका मन्त्रालयबाट स्वीकृत भई कार्यान्वयन भइरहेको ।

९. कार्यक्रम कार्यान्वयनको आधार तथा प्राथमिकता
अन्तराष्ट्रिय प्रतिवद्धता तथा लक्ष्यहरुः

  • दिगो विकास लक्ष्यः SDG Goal No 7 (Energy and 13 (Climate Change)
  •  सबैका लागि दिगो ऊर्जा (SE4ALL)
  • जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र भएको
  • अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा संस्था (IRENA) को नेपाल पक्ष राष्ट्र भएको
  • जलवायु परिवर्तन सम्बन्धी Nationally Determined Contribution (NDC II) Targets
  • विभिन्न बिकास साझेदारहरुसँग भएको सम्झौता
  • हरित जलवायू कोष (GCF) को Direct Access Entity) अर्थ मन्त्रालय (एन.डि.ए.को लागि GCF Readiness Programme  को Delivery Partner)
    राष्ट्रिय लक्ष्यः
  • पन्ध्रौं पञ्चबर्षीय योजना
  • मन्त्रालयद्वारा जारी गरिएको श्वेतपत्र
  • सन् २०३० सम्म सबैका लागि आधुनिक ऊर्जाको पहुँच पुर्याउनुको साथै ऊर्जा दक्षतामा भएके सुधारको वार्षिक औसत दरलाई १.६८ प्रतिशत पुर्याउने
  • सरकारका नीति तथा कार्यक्रम तथा वार्षिक लक्ष्य, बजेट भाषण

१०. केन्द्रको अबको बाटो /हार्दिक आभार

केन्द्रको संस्थागत स्थायित्वको लागि कार्यालय भवन र ऐन निर्माण सम्बन्धी कार्य

  • यसै आर्थिक वर्षमा केन्द्रको आफ्नै कार्यालय भवनको लागि आवश्यक जग्गाको व्यवस्था गरी भवन निर्माणको लागि डिजाइन ड्रइङ, इस्टिमेट तयार गरिसकिएको छ । उक्त भवनको नक्शा पास, बजेट व्यवस्थापन गरी भवन निर्माणको सिलान्यास गरी २ वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने ।
  • हाल विधयान समितिमा रहेको नवीकरणीय ऊर्जा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (नवीकरणीय ऊर्जा ऐन, २०७९) लाई अन्तिम रुप दिइ स्वीकृतिका लागि संघीय संसदका दुवै सदनबाट आगामी २ वर्षभित्र स्वीकृति लिन पहल गर्ने ।

शत प्रतिशत जनतामा विद्युत पहुँच विस्तार सम्बन्धी कार्य(Implementation of Last mile Electrification Plan)

  • विद्युतीकरण हुन बाँकी रहेका घरधुरी तथा भौगोलिक क्षेत्रहरुको पहिचान गरी विद्युतीकरणको एकीकृत कार्ययोजना तयार गरिएको
  • प्रतिवेदन अनुसार पूर्ण रुपमा विद्युत पहुँच पुग्न बाँकी घरधुरीको संख्या २१०,४३१ रहेको

खाना पकाउने स्वच्छ ऊर्जा सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयन (Implementation of Country Action Plan of Clean Cooking)

  •  नेपालमा खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि तथा इन्धनको बजार रुपान्तरणको लागि राष्ट्रिय कार्ययोजना (Country Action Plan for transforming the cook stove and fuel market in Nepal) को मस्यौदा तयार गरिएको छ ।
  •  तयार भएको मस्यौदा बमोजिम दिगो विकास लक्ष्य, राष्ट्रिय निर्धारित योगदान तथा कार्बन तथा जलवायु परिवर्तन सम्बन्धी सवाललाई सम्बोधन गर्न नेपाल सरकारले तयार गरेका आवधिक योजना तथा दीर्घकालीन रणनीतिले लिएका लक्ष्यहरु हासिल गर्न सन् २०३० सम्ममा करीब ४० लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको पहुँच पुर्याउने लक्ष्य कार्यान्वयन गर्नुपर्ने ।

अन्त्यमा केन्द्रले गर्दै आएका कार्यहरुको स्वामित्व ग्रहण गरी केन्द्रका योजना तथा कार्यक्रमहरुमा निरन्तर सहयोगकोे लागि निवर्तमान माननीय ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीज्यूहरु वर्षमान पुन अनन्त, टोप बहादुर रायमाझी, शरतसिंह भण्डारी, विष्णु प्रसाद पौडेल, पम्फा भुषाल, समितिका अध्यक्ष माननीय मन्त्रीज्यू राजेन्द्र प्रसाद लिङ्देन, माननीय राज्यमन्त्री दीपक बहादुर सिंह, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका पूर्व सचिवज्यूहरु देवेन्द्र कार्की, शुशिल चन्द्र तिवारी, समितिका सदस्य तथा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे, समितिका उपाध्यक्ष राष्ट्रिय योजना आयोगका पूर्व माननीय सदस्यज्यू डा. कृष्ण प्रसाद ओली, डा. सरेन्द्र लाभ कर्ण र समितिका सम्पूर्ण सदस्यज्यूहरुलाई धन्यवाद दिन चाहन्छु ।

त्यसैगरी, निरन्तर सहयोग, समन्वय र सहकार्यको लागि विकास साझेदार, निजी क्षेत्र, सञ्चार जगत तथा सम्पूर्ण सरोकारवाला निकायहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मन्त्रालयको नीतिगत मार्गदर्शन तथा सल्लाह सुझावको आधारमा नवीकरणीय ऊर्जाको प्रवद्र्धनमा केन्द्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छबीलाई वृद्धि गरी नवीकरणीय ऊर्जाको दीगो विकासमा जोड दिंदै केन्द्रलाई आगामी दिनमा नवीकरणीय ऊर्जा क्षेत्रको विशिष्ठता केन्द्र (Centre of Excellence) बनाउने दिशामा केन्द्र अग्रसर हुनेछ भन्ने विश्वास लिएको छु ।

केन्द्र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको एउटा विशिष्ट अंगको रुपमा सेवा पु¥याउने र विद्युतीय ऊर्जाको खपत बढाई ऊर्जा रुपान्तरण (Energy Transition) को क्षेत्रमा विशेष ध्यान पुर्याई आयातित खनिज ऊर्जाको विस्थापन गर्ने, वैदेशिक मुद्रा सञ्चित गर्ने कार्यमा नेपाल सरकार/मन्त्रालयलाई सहयोगी भूमिका निर्वाह गर्ने कार्यमा लागेको छ ।

स्वदेशमा नै रोजगारी सृजना गर्ने, युवाहरूलाई विदेशिनबाट रोक्ने कार्यमा स्थानीय प्रविधि बायोग्यास, लघु तथा साना जलविद्युत उद्यमी, सुधारिएको चुलो निर्माण गर्ने, सौर्य ऊर्जाका काम गर्ने विभिन्न तहका प्राविधिक, साना लगानीकर्ता संरक्षण र प्रवर्द्धनको लागि यस क्षेत्रमा नयाँ नयाँ कार्यक्रमहरू र थप बजेटको व्यवस्था आवश्यक रहेको छ ।


Read Previous

भन्सार कार्यालय मलंगवाले ६ महिनामा संकलन गर्यो १७ करोड ३५ लाख राजस्व

Read Next

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

Leave a Reply

Your email address will not be published.