Nepal Purbadhar

राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?)


काठमाडाैं । तत्कालिन सरकारले ११ वर्षअघि (आर्थिक वर्ष २०६८/६९ ) १७ वटा ठूला आयोजना निर्माणलाई प्राथमिकता दिँदै राष्ट्रिय गौरवका आयोजना घोषणा गर्यो । पछि फेरि यो सूचीमा ७ वटा आयोजना पनि थपिए ।

राष्ट्रिय योजना आयोगका अनुसार, आर्थिक वर्ष २०७०/७१ मा ४ वटा तथा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा १/१ वटा आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा थपिए । सरकारले ११ वर्षअघि निर्माणाधीन र निर्माणमा जान लागेका ठूला आयोजनालाई विशेष महत्त्व दिँदै राष्ट्रिय गौरवका आयोजना घोषणा गरेपनि अहिलेसम्म ४ वटा बाहेक कुनै सम्पन्न हुन सकेका छैनन् ।

जलविद्युततर्फ देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना मात्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश ७५० मेगावाटको पश्चिम सेती कहिलेदेखि निर्माणमा जाने भन्ने अझै टुंगो छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि पश्चिम सेतीको जस्तै छ । याे आयोजना अहिलेसम्म निर्माणमा जान सकेकाे छैन ।

आर्थिक वर्ष २०६७/६८ निर्माण सुरु भएको माथिल्लो तामाकोसी, आर्थिक वर्ष २०७२/७३ मा सुरु भएको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना मात्रै राष्ट्रिय गौरवकाे सूचीमा समावेश भई निर्माण सम्पन्न भएका  हुन् ।

निर्माण सम्पन्न भइसकेका राष्ट्रिय गौरवका पूर्वाधार आयोजना पनि निर्धारित लागत बढेर तथा समयभन्दा ढिला गरी पूरा भएका हुन् । माथिल्लो तामाकोसी निर्माण सम्पन्न हुँदा अनुमान गरिएको ३५ अर्ब २९ करोड रुपैयाँबाट बढेर करिब ८५ अर्ब रुपैयाँ पुग्यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्धारित लागत र समयमा सम्पन्न हुन सकेन ।

यो विमानस्थल निर्माण सम्पन्न हुँदा लागत करिब ३२ अर्ब रुपैयाँ (चिनीयाँ ऋणसहित) पुग्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्धारित लागतमा सम्पन्न हुन नसक्दा बढेर २८ अर्ब पुगेको छ ।

आयोगका अनुसार, आर्थिक २०४५/४६ मा निर्माण सुरु भएको भेरी बबई सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । ३५ वर्षदेखि निर्माणाधीन यो आयोजना आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने पछिल्लो तालिका छ ।

आयोजनाको निर्माण अवधि लम्बिँदा लागत पनि आकाशिएको छ । यो पआयोजनाको सुरुको लागत २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ थियो । अहिले यो लागत बढेर १८ अर्ब ९६ करोड ३० लाख पुगिसकेको छ । यो सुरुमा अनुमान गरिएको लागतभन्दा ५५९.८३ प्रतिशत बढी हो ।

यस्तै, आर्थिक वर्ष २०६५/६६ मा सुरु भएको पूर्व पश्चिम विद्युतीय रेलमार्ग (रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना) को सुरुको लागत ७० अर्ब ६२ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अहिले यसको लागत बढेर ९ खर्ब ५५ अर्ब २२ करोड पुगेको छ ।
२०८६/८७ सम्म पूरा हुने लक्ष्य राखिएको यो आयोजनाका लागि अहिले पूर्णरूपमा काम अघि बढ्न सकेको छैन । ९४५ किलोमिटर रेल निर्माण गर्नुपर्नेमा काम नै हुन सकेको छैन ।

आयोगका अनुसार, आर्थिक वर्ष २०७८/७९ सम्ममा राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत १० खर्ब ४५ अर्ब ९७ करोड रहेकोमा अहिले यो बढेर २५ खर्ब ९७ अर्ब ५६ करोड रुपैयाँ पुगिसकेको छ । जुन सुरुको लागतभन्दा १४८ प्रतिशत हो ।

विशेष प्राथमिकतामा राखेर अघि बढाएका राष्ट्रिय गौरवका आयोजना समयमै अघि बढ्न नसक्दा तिनको लागतपछि बढ्दै गइरहेको हो । आयोगको तथ्यांकले नै कुनै राष्ट्रिय गौरवका आयोजना समयमै र तोकिएको लागतमै निर्माण सम्पन्न नभएको देखिएको छ ।

राष्ट्रिय गौरवका परियोजनाको समय र लागत (करोडमा) कति बढ्यो ?

क्र. सं.आयोजनाको नाम निर्माण सुरु भएको वर्षसम्पन्न हुने मितीसुरुको लागत

(करोडमा)

शंशोधित लागत

(करोडमा)

वृद्धि प्रतिशत
सिक्टा सिँचाइ आयोजना२०६१/६२२०८९/९०१२८०२५०२९५.४६
बबई सिँचाइ आयोजना२०४५/४६२०८२/८३२८७.३९१८९६.३०५५९.८३
रानी जमरा कुलारिया सिँचाइ आयोजना२०६७/६८२०८०/८११२३७२७५२.२३१२२.४९
सुनकोसी मारिन डाईभर्जन आयोजना२०७३/७४२०८०/८१४६१९.३९४६१९.३९
महाकाली सिँचाइ आयोजना२०६३/६४२०८७/८८३५००३५००
भेरी बबई डाईभर्जन आयोजना२०६८/६९२०७९/८०१६४३३६८०.७७१०५.७६
 बूढीगण्डकी जलाशय जलविद्युत  आयोजना२०६९/७०२०८३/८४२६०००२६०००
प्रसारण लाइन आयोजना (एमसीसी)२०६७/६८२०८४/८५७५००६१२६– १८.३२

 

पश्चिम सेती जलाशय जलविद्युत  आयोजना२०६७/६८––––––––––१३२०८२७३८५१०७.३३
 

१०

 

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल२०७१/७२२०८५/८६१६५००१६५००
११रेल, मेट्रो रेल तथा मोनोरेल विकास

 

 

२०६६/६७२०८६/८७७०६२९५५२२१२५२.६१
१२हुलाकी लोकमार्ग२०६६/६७२०८०/८१४७२४६५२०                ३८.०१
१३पुष्पलाल मध्य पहाडी लोकमार्ग

 

२०६४/६५२०७९/८०३३३६८४३३१५२.७८
१४उत्तर दक्षिण कोसी कोरिडोर लोकमार्ग

 

२०६५/६६२०८७/८८१६२०११९३–२६.३५
१५

 

उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग२०६६/६७२०७९/८०२४००२४००
१६उत्तर दक्षिण कर्णाली कोरिडोर लोकमार्ग२०६५/६६२०८४/८५४१०६६६.१९६२.४८
१७काठमाडाैं – तराई /मधेश द्रुतमार्ग

 

२०७३/७४२०८०/८१११६००१७५१९.३६५१.०२
१८मेलम्ची खानेपानी आयोजना

 

२०५५/५६२०८०/८१२४००३१३६३०.६६
 

१९

पशुपति क्षेत्र विकास कोष

 

२०७०/७१२०७८/७९१२७२२७७८.७४
 

२०

लुम्बिनी क्षेत्र विकास कोष

 

२०६९/७०२०८०/८१५५५१३२६१३८.९१
 

२१

 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम२०७१/७२२०९३/९४१२५२४९७०.०२१९८७६.०१६

स्रोतः राष्ट्रिय योजना आयोग


Read Previous

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा

Read Next

अर्थ मन्त्रालयद्वारा साढे १० अर्ब बचत हुने गरी खर्च कटौती गर्ने निर्णय