Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात इञ्जिनियर समाज (सोटेन) ले दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछन् ।

सम्मेलन माघ २० र २१ गते काठमाडौमा हुनेछ । सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यपत्र प्रस्तोता, सरोकारवाला, नीति निर्मातासहित सहभागी हुनेछन् । सम्मेलन मूख्यगरी एकिकृत यातायात पूर्वाधार विकासः यसका विषय र आगामी बाटोमा केन्द्रित हुने सोटेनका अध्यक्ष प्राध्यापक पदमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार, सम्मेलनमा भारत, श्रीलंका, थाइल्याण्ड, चीन, कोरियालगायतका देशबाट प्रस्तुती हुनेछ । त्यस्तै, २८ भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका यस क्षेत्रका २ सयभन्दा बढी सरोकारवाला निकाय प्रतिनीधि र विज्ञको सहभागिता हुनेछ ।

यो सम्मेलनले यातायात क्षेत्रमा लागेका र अभ्यास गरिरहेका व्यवसायिक व्यक्तिहरुको लागि महत्वपूर्ण हुनेछ । विशेषगरी यातायात क्षेत्रमा पछिल्ला समयमा विकास भइरहेका नयाँ उपलवब्धिबारे जानकार बन्न सकिनेछ ।

सम्मेलनमा हवाइ, रेल, सडक र पानीमार्फत हुने यातायातको एकिकृत ढाँचा र पहुँच, सहरी यातायात पूर्वाधार र सेवा सुधार, एकिकृत यातायात सञ्चालनको लागि विकास गर्नुपर्ने नीतिगत तयारीमा कार्यपक्र प्रस्तुत हुनेछन् ।

त्यस्तै, विद्युतीय सवारीमा भएको उत्तम अभ्यासहरु, नन मोटराइज्ड यातायात, सार्वजनिक यातायात सुधार, यातायात पूर्वाधार विकासमा लगानी, अन्तरदेशीय यातायात र अन्तर्राष्ट्रिय व्यापार, यातायात सुरक्षा, सामान ढुवानी, यातायात पर्यटन, सहरी र क्षेत्रीय यातायात योजनालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनलाई सडक, रेल, यातायात, स्थानीय पूर्वाधार, सहरी विकास तथा भवन निर्माण विभागले सहयाग गरेको छ ।

त्यस्तै, राष्ट्रिय सडक सुरक्षा परिषद्, निर्माण व्यवसाय विकास परिषद्, नागरिक उड्ययन प्राधिकरण, सडक बोर्ड नेपाल, नेपाल इञ्जिनियर्स एशोसिएशन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर एण्ड इञ्जिनियरिङ फर्मस् नेपाल, इस्टर्न एशिया सोसाइटी अफ ट्रान्सपोर्ट स्टडिज, कोरियन सोसाइटी अफ ट्रान्सपोर्टेशन र युनेस्क्याप, ट्रान्सपोर्ट रिसर्च एण्ड एजुकेशन नेटवर्कले पनि सपोर्ट गरेका छन् ।


Read Previous

भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसामू आग्रह

Read Next

राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?)

Leave a Reply

Your email address will not be published.