Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

दुवै देशका स्टार्टअपलाई जोड्ने गरी ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ सम्पन्न


काठमाडौं । नेपाल र भारतका स्टार्टअपलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावासले आयोजना गरेको ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ सम्पन्न भएको छ ।

भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । भारतीय स्वतन्त्रताको ७५ वर्ष र नेपाल भारतबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रम नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गरे । उनले वित्तीय समावेशीकरण र स्टार्टअपमा जनधन योजना, आधार र मोबाइल नम्बर जस्ताडिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९/०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेको बताए । उनले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले नेपालमा स्टार्टअप अवसरहरु विषयमा प्रस्तुति दिए । स्टार्टअप इन्डियाका अनुभव कुमार दासले स्टार्टअप इन्डिया स्किम विषयमा प्रस्तुति दिए ।

सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४ हजार २ सयभन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पु¥याएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे पेनियरबाइका प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिए ।

पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरहरुबारे केन्द्रित थियो । सस्तोडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले फ्लिपकार्टसँगको सहकार्यबारे बताए ।

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोनपे र इसेवा भुक्तानी सेवाहरुबारे जानकारी दिए । त्यस्तै टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्ने बारे प्रस्तुति दिए । भारतीय फिनटेक कम्पनी लेभरेजइडुका अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तार बारे जानकारी दिए ।

दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरुबारे केन्द्रित थियो । टिम भेञ्चर्सका प्रमुख कार्यकारी अधिकृत तेन्जिङ्ग गोन्सारले नेपाली फन्डिङ्ग इकोसिस्टमबारे जानकारी दिए । भारतका प्रोजेक्ट एण्ड स्टार्टअप्स, इन्टरनेछ एण्ड मोबाइल एशोसिएशनका अध्यक्ष सन्दीप झिंग्रानले प्रारम्भिक चरणमा रहेको आफ्नो प्रोग्राम मोबाइल टेनएक्सबारे विस्तृत जानकारी दिए ।

भर्चुअल कार्यक्रममा सहभागीता जनाउनु भएका हैदरबाद एंगल्सका प्रमुख कार्यकारी अधिकृत रत्नाकर सामवेदमले थुबको विशेष सार्वजनिक निजी साझेदारी मोडलबारे बताए । उनले तेलाङ्गना र नेपालका स्टार्टअप इकोसिस्टमबीचको समानताबारे पनि बताए । स्टार्टअप व्यवसायमा आबद्ध हुन चाहनेहरुका लागि स्टार्टअप इन्डिया स्किमबाट सिकेका पाठहरु र सीड फन्ड मोडल बारे पनि जानकारी दिइयो ।

भारत–नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्धन गर्न हेतु दूतावासले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिएको छ । शैक्षिक संस्थाहरु, स्टार्टअपहरु र लगानीकर्ताहरु लगायत नेपालका सबै सरोकारवालाहरुलाई स्टार्टअप इन्डियामार्फत भारतीय स्टार्टअपहरु र यसमा आबद्धमा सबैसँग जोडिन प्रोत्साहित गर्ने दुतावासले बताएको छ ।


Read Previous

खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न नपाइने

Read Next

‘पूर्वाधार र आर्थिक विकासका सबै क्षेत्रमा नेपाल र भारतबीच बलियो सम्बन्ध’

Leave a Reply

Your email address will not be published.