Nepal Purbadhar

दरम खोला हाइड्रो इनर्जीले आइपिओ निष्कासन गर्ने


काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि लक्ष्मी क्यापिटल मार्केटले शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने जिम्मेवारी पाएको छ ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जीको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन्।

दरम खोला हाइड्रो इनर्जीले बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ।

दरम खोलाले निकट भविष्यमै १०० रुपैयाँ अंकित दरका ३९,५०,००,००० रुपैयाँ रकम बराबरको ३९,५०,००० कित्ता साधारण बिक्री गर्ने जनाइएको छ।

Facebook Comments

Read Previous

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

Read Next

जलविद्युत गृहको कम्पाउण्ड ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar