Nepal Purbadhar

बुटवल पावर कम्पनीको ३०औँ साधारणसभा सम्पन्न,लाभांश प्रस्ताव पारित


काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा पाँच प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन २०६३ बमोजिम सरकारको स्वीकृति लिएर सेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने बताइएको छ। बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ३ खर्ब ४० अर्ब ९० करोड ६४ हजार ६ सय रुपैयाँ कायम हुनेछ।


Read Previous

लमटाङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गर्न माग

Read Next

नवलपरासीमा अवैध रूपमा सञ्चालनमा रहेका थप ६ क्रसर उद्योग बन्द