Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

एचआइडीसीएल साधारण सभाले पारित गर्याे ५ प्रतिशत बाेनस सेयर, ७० अर्बका लगानी प्रस्ताव अध्ययनमा


काठमाडाैं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को एघारौं वार्षिक साधारण सभा मङ्गलबार काठमाण्डौमा सम्पन्न भएकाे छ ।

शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने १ अर्ब ६ करोड ३८ लाख १३ हजार ३७५ रूपैयाँ बराबरको बोनस शेयर र चुक्ता पूँजीको शून्य दशमलव २६३ प्रतिशतका दरले हुने ५ करोड ३९ लाख ९० हजार १७७ रुपैयाँ नगद लाभांश (कर सहित) सरकारको स्वीकृति लिएर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट अटिज्म भएका बच्चाहरुको अवस्था सुधारका कार्यक्रमका लागि अभानी फाउण्डेशन, काठमाण्डौलाई  ४ लाख रूपैयाँ सहयोग रकम भुक्तानी भएकोमा सो को अनुमोदन गर्ने प्रस्ताव पारित गरेकाे छ ।

कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी २१ अर्ब २८ करोड रुपैयाँ रहेको छ। यस एघारौं वार्षिक साधारण सभाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएकाेले यसपछि कम्पनीको चुक्ता पूँजी २२ अर्ब ३४ करोड रुपैयाँ हुनेछ।

साधारणा सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेकाे छ । त्यस्तै,  लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेकाे छ ।

त्यस्तै, महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चार्टर्ड एकाउन्टेन्ट सृष्टी कोइरालालाई आर्थिक वर्ष २०८९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ । साधारणासभाले  कम्पनीको स्वतन्त्र सञ्‍चालक पदमा एक जना नियुक्त गर्ने प्रस्ताव अन्तर्गत ई. माधव प्रसाद कोइरालाई  नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ ।

कम्पनीले आफ्नो उद्देश्य बमोजिम विभिन्न जलविद्युत आयोजनाहरु, प्रसारण कम्पनी एवं इन्जिनियरिङ्ग कम्पनीहरुमा ऋण तथा शेयर लगानी गरेको छ।कम्पनीले हालसम्म कुल १ हजार ८११ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजना तथा कम्पनीहरुमा ऋण तथा शेयर लगानी  गरिसकेकाे छ ।

ती आयोजना तथा कम्पनीहरुमा अहिलेसम्म कुल १९ अर्ब ५४ करोड रुपैयाँ बराबरको ऋण तथा शेयर लगानी स्वीकृत भएकाे छ । त्यसमध्ये १० अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी रकम भुक्तानी भइसकेको छ।

त्यसमध्ये, कम्पनीबाट कुल ९४२ मेगावाट क्षमताका १४ वटा विभिन्न जलविद्युत आयोजनाहरुमा १० अर्ब ८६ करोड रुपैयाँ ऋण लगानीको प्रतिवद्धता भई हालसम्ममा ८ अर्ब ४ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ। त्यस्तै कम्पनीले जलविद्युत क्षेत्रसँग सम्बन्धित ४ वटा विभिन्न कम्पनीहरुमा ९२ करोड ३० लाख रुपैयाँ स्वपूँजी लगानी प्रतिबद्धता गरी ३५ करोड ९९ लाख रुपैयाँ लगानी गरिसकेको छ।

यसै गरी सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७७.५ मेगावाटको घुन्सा खोला तथा सिम्बुवा रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७०.३ मेगावटको सिम्बुवा खोला जलविद्युत आयोजनाहरुको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको  कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गाैतमले जानकारी दिए । ‘विद्युत खरिद विक्री सम्झौता सम्पन्न भए पश्चात सो आयोजनाहरूको निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रवन्ध गरी निर्माण प्रकृया अघि बढाइने छ’ उनले भने।

यसै गरी विद्युत उत्पादन कम्पनीमार्फत प्रबर्द्धन हुने ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनामा स्वपूँजीको १० प्रतिशत र १०६ मेगावाट क्षमताको जग्दुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा स्वपूँजीको १० प्रतिशत बराबरको रकम लगानी गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ।

नीजि क्षेत्रबाट प्रवर्द्धित कुल १८८.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत आयोजनाहरुमा जम्मा १ अर्ब ७१ करोड रुपैयाँ स्वपूँजी लगानी स्वीकृत भएको र सोमध्ये १ अर्ब १६ करोड रुपैयाँ लगानी प्रवाह भइसकेको छ।

यसका अतिरिक्त कम्पनीमा रणनीतिक साझेदारी, सरकारी क्षेत्र तथा नीजि क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका कुल ३ हजार ११४ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनाहरुमा करिब ७० अर्ब रुपैयाँ बराबरको ऋण तथा शेयर लगानीका लागि प्रस्तावहरु प्राप्त भई अध्ययन तथा मूल्याङ्कनका कार्यहरु भइरहेका छन्।

साधारण सभा सञ्‍चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भयो।


Read Previous

‘सडकमा किन ३ सिफ्टमा काम हुन सक्दैन ?’ : प्रधानमन्त्री

Read Next

राष्ट्रिय गौरवका योजना : ट्रयाक खोलेको २३ वर्षपछि स्तरोन्नति हुँदै

Leave a Reply

Your email address will not be published.