Nepal Purbadhar

महिला लघुवित्तले गर्यो लाभांश घोषणा


काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको पुस २६ गते सञ्चालक समितिको सोमबार (पुस २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७५ लाख रुपैयाँ कुल ५० प्रतिशतले हुन आउने ७ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ४७.५ प्रतिशतले हुन आउने ७ करोड ६२ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशतले हुन आउने ३६ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।


Read Previous

भक्तपुर–थिमी १३२ केभी प्रसारणलाइन भूमिगत गरिँदै

Read Next

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्