Nepal Purbadhar

भक्तपुर–थिमी १३२ केभी प्रसारणलाइन भूमिगत गरिँदै


काठमाडौँ । भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमीसम्म १३२ केभीको विद्युत् प्रसारण लाइन भूमिगत गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरणले भक्तपुर सबस्टेसनदेखि थिमीमा प्रस्तावित सबस्टेसनसम्म २८० मेगावाट क्षमताको प्रसारणलाइन डबल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको हो। करिब ३.२७ किमि भूमिगत निर्माण हुनेछ।

प्रस्तावित प्रसारणलाइन निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गर्दै विद्युत विकास विभागले सूचना निकालेको छ । १८ महिनामा काम सक्ने आयोजनाको लक्ष्य छ।

जमिनको सतहबाट लाइनको गहिराइ २ मिटर रहनेछ। केबल ज्वाइन्ट्स पिट्सहरु बीचको दुरी ३६० देखि ४९९ मिटरसम्म हुनेछ। आयोजना निर्माण लागि ०.६५१७४ हेक्टर जमिन चाहिन्छ। जसमध्ये जडान खाडल (७ वटा)का लागि ०.०१६८० हेक्टर जमिन चाहिन्छ। स्थायी रूपमा र केबल ट्रेन्चका लागि ०.३८४९४ हेक्टर तथा भण्डारण तथा शिविरका लागि ०.२५ हेक्टर जग्गा अस्थायी रूपमा प्रयोग गरिने छ।

यो भूमिगत प्रसारणलाइनको क्षेत्राधिकार छेउको सर्किटबाट ०.३ मिट र ट्रेन्चको मध्य रेखाबाट दायाँ र बायाँ दुवैतर्फ १/१ मिटर गरि कुल २ मिटर छ।


Read Previous

मनाङमा १३५ मेगावाटको जलविद्युत् आयोजनाको निर्माण सुरु

Read Next

महिला लघुवित्तले गर्यो लाभांश घोषणा