Nepal Purbadhar

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो


काठमाडौँ। सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा छ सय ८५ रुपैयाँ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच रुपैयाँ कायम भएको छ । काठमाडौँ–सिमरामा एक सय ८० रुपैयाँ भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा छ सय, काठमाडौँ–विराटनगरमा चार सय ८५, काठमाडौँ–जनकपुरमा दुई सय ६०, काठमाडौँ–भरतपुरमा दुई सय १५ र काठमाडौँ–पोखरामा तीन सय २० रुपैयाँ भाडा घटेको छ।

Facebook Comments

Read Previous

प्रहरी नियन्त्रणमा रहेका बेवारिसे सवारी साधन जीर्ण बन्दै

Read Next

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar