Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा दोहोरिए पवन गोल्यान


काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरूको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यान निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न तेश्रो वार्षिक साधारण सभाले गोल्यानलाई दोश्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

कार्य समिति सदस्यहरूमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्वाचित भएको परिसंघद्वारा जारी विज्ञपितमा उल्लेख छ ।

CBFIN-executive-committee

 


Read Previous

आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

Read Next

पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *