Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

हाइड्रो कन्सल्टले चुवा खोला र माथिल्लो चुवा लुरुप्याको अध्ययन गर्ने


काठमाडौं । हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले कर्णाली प्रदेशको हुम्लामा १७३ मेगावाटका २ अर्धजलाशय जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ । कम्पनीले ७० मेगावाटको चुवाखोला अर्धजलाशय र १०३ मेगावाटको माथिल्लो चुवा लुरुप्या अर्धजलाशय जलविद्युत आयोजनाको सम्भावता अध्ययन गर्न लागेको हो ।

यी २ अर्धजलाशलय जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्न प्रवद्र्धक कम्पनीहरूसँग सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए । उनका अनुसार चुवा खोला आयोजनाको प्रवर्द्धक बिजबेल इनर्जी र माथिल्लो चुवा लुरुप्या आयोजनाको प्रवर्द्धक नेपाल पोर्टफोलियो इनर्जी कम्पनीसँग सम्झौता भएको छ ।

सम्झौता अनुसार हाइड्रो कन्सल्टले तोकिएको अवधिभित्र दुवै आयोजनाको सम्भाव्यता अध्ययन गर्नेछ । सम्झौता भएको मितिले अबको डेढ वर्षभित्र दुवै आयोजनाको सम्भाव्यता अध्ययनको काम पूरा गर्नुपर्ने श्रेष्ठले जानकारी दिए ।

हुम्लामा पहिचान भएका यी आयोजनाको अध्ययन अनुमतिपत्र विद्युत विकास विभागबाट जारी भइसकेको छ । एउटै समूहले २ वटा छुट्टा छुट्टै कम्पनीमार्फत यी २ जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

बुटवल पावर कम्पनी (बिपिसी) को हाइड्रो कन्सल्ट नेपाली परामर्शदाता कम्पनी हो । यो कम्पनीले नेपाल, पाकिस्तान बाहेक अफ्रिकी मुलुकसम्म पुगेर जलविद्युत सम्बन्धि परामर्श सेवा दिएको छ । हाइड्रो कन्सल्टले नेपालमा पनि दर्जनौं आयोजनामा परामर्शदाताकोरूपमा काम गरेको छ ।


Read Previous

बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य गरिदै

Read Next

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण आगामी वर्षदेखि

Leave a Reply

Your email address will not be published.